News

छठका लागि केरा (फोटोफिचर)

October 25, 2017

राजकरण महतो, अन्नपुर्ण पोस्ट, ७ कात्तिक २०७४ 

महोत्तरी : छठ पूजाको मुख्य प्रसाद रुपमा लिइने केराको व्यपार बढेको छ । गत वर्षभन्दा यो वर्ष केरा उत्पादन बढेकोले केराको मूल्य सस्तो भएको छ। 
तराईबासीको महत्वपूर्ण पर्व छठको तयारी तिव्र भएसँगै केराको व्यापार बढेको छ । नियम निष्ठा र विधिपूर्वक मनाइने छठ पर्वमा आवश्यक पर्ने सामग्रीको जोहो गर्न सर्वसाधारण व्यस्त देखिन्छन् । महोत्तरीको गौशाला बजारमा विक्रीका लागि राखिएका केरालाई अन्नपूर्णकर्मी राजकरण महतोले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्।

 

स्रोत: http://annapurnapost.com/news-details/82651