News

तराईमा ७७ ५ मात्र रोपाइँ

August 24, 2017

कान्तिपुर दैनिक, ८ भाद्र २०७४

बाढीले प्रभावित मध्य तराईका ७ जिल्लामा ७७ प्रतिशत मात्रै रापाइँ भएको छ । कृषि विकास मन्त्रालयले सोमबारसम्म देशभरको रोपाइँबारे तथ्यांक सार्वजनिक गर्दै मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट, चितवनमा ७७ दशमलव २९ प्रतिशत मात्रै रोपाइँ भएको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता शंकरप्रसाद सापकोटाका अनुसार वर्षा कम भएकाले यी जिल्लामा रोपाइँ पनि कम भएको हो । त्यसैगरी झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा पनि रोपाइँ कम भएको छ । यी जिल्लामा ८९ दशमलव ९८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

यस वर्ष डुबानले मध्य तराईमा धान खेतीमा क्षति भएको तर यकिन तथ्यांक भने आइनसकेको जनाइएको छ । हिमाल, मध्यपहाड र तराईको क्षेत्रगत तथ्यांकअनुसार पनि तराईका २० जिल्लामा ८९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । 

उच्च पहाडमा ९९ प्रतिशत र मध्यपहाडमा ९७ प्रतिशत रोपाइँ सकिएको छ । कुल देशभर ९१ प्रतिशत रोपाइँ सकिएको छ । यो भनेको १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान रोपाइँ भएको छ । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-24/20170824075116.html