News

प्राधिकरणमा अझै साढे २० प्रतिशत चुहावट

February 15, 2018

भीम गौतम, कारोबार दैनिक, बिहिवार, फाल्गुन ३, २०७४

चुहावट नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न अभियान सञ्चालन गरे पनि मुलुकमा अझै २०.४९ प्रतिशत चुहावट रहेको पाइएको छ ।  वितरण प्रणालीका साथै प्रसारण र उत्पादनमा समेत गरी प्राधिकरणको हाल यो परिमाणमा चुहावट रहेको हो । चुहावट नियन्त्रणका लागि नेपाल विद्युत् प्राधिकरणले विभिन्न अभियान सञ्चालन गरे पनि मुलुकमा अझै २०.४९ प्रतिशत चुहावट रहेको पाइएको छ । 

वितरण प्रणालीका साथै प्रसारण र उत्पादनमा समेत गरी प्राधिकरणको हाल यो परिमाणमा चुहावट रहेको हो । मंसिरसम्म २४.८७ प्रतिशत चुहावट रहेकोमा घटाएर गत मंसिरसम्ममा २०.४९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षको सुरुमा २२.९ प्रतिशत चुहावट थियो । वितरण प्रणालीमा १४.८० प्रतिशत, प्रसारणमा ५ प्रतिशत र उत्पादनमा करिब एक प्रतिशत चुहावट रहेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार प्रणालीमा उपलब्ध २९२१.४६ गिगावाट आवरमध्ये ५९८.७० गिगावाट आवर विद्युत् चुहावट हुने गरेको छ ।  चुहावटको कारण मात्र हाल ५ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ बराबरको चुहावट हुने गरेको छ । विद्युत् प्राधिकरणका हालको औसत बिक्री दर ९.९० रुपैयाँ छ । विद्युत् चुहावट घट्दा प्राधिकरणको प्रणालीमा १२७.७४ गिगावाट घन्टा विद्युत् बचत भई १ अर्ब १ अर्ब २६ करोड आम्दानी थपिएको छ ।विद्युत् प्राधिकरणकै तथ्यांक हेर्ने हो भने २८ प्रतिशतसम्म चुहावट पुगेको थियो । चुहावट बढ्न थालेपछि २०६८ सालमा प्राधिकरणले चुहावट घटाउनका लागि २०६८ सालमा रहेको पञ्चवर्Èीय रण्ँनीति बनाइ २८.३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । दुई वर्षअघि २० प्रतिशतमा झर्नुपर्ने भएपनि असफल प्राधिकरणले चालू वर्षभित्र भने २० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राविधिक र अप्राविधिक चुहावट (चोरी) रहे पनि प्राधिकरणले विशेषगरी अप्राविधिक चोरी नियन्त्रणलाई समेत जोड दिइएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने अप्राविधिक चोरी चुहावट नियन्त्रणलाई विशेष अभियानको रूपमा अघि बढाएको बताउँछन् । “प्राधिकरणले चुहावट नियन्यणलाई विशेष जोड दिएको छ, हरेक क्षेत्रीय कार्यालयका प्रमुखहरूसँग चुहावट नियन्त्रणलाई समेत आधार मानेर कार्य सम्पादन सम्झौता गर्न थालिएको छ, यसले अझ नियन्त्रणमा ठूलो सहयोग पुर्याउँछ,” उनले भने । घिसिङका अनुसार वितरण तथा प्रसारण प्रणाली सुधार गर्न प्रसारणलाइन तथा सवस्टेसनको स्तरोन्नतीमा समेत जोड दिनुका साथै काठमाडौ उपत्यकाका साथै देशभरका सबै वितरण केन्द्रहरूमा चोरी नियन्त्रण अभियानलाई तीव्र रूपमा अघि बढाइएको छ । 

स्रोत: karobardaily.com/news/development/2403