Resource

दरखास्त आव्हान - तथ्याङ्कमा आधारित पत्रकारिता

October 15, 2018

दरखास्त आव्हान 

विकास उद्यमीको नेपाल इन डाटा इनिसिएटीभले प्रदेश ३ को आर्थिक मामला तथा योजना मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजसँगको सहकार्यमा "तथ्याङ्कमा आधारित पत्रकारिता" विषयक ३ दिने निःशुल्क तालिमको आयोजना गर्दैछ | सो तालिम मंसिर ८ देखि  मंसिर १२ गते सम्म हेटौडामा हुन गइरहेको छ| 

उक्त तालिममा सहभागी हुन इच्छुक पत्रकारले:
१. अनलाइन फारम, वा 
२. फारम डाउनलोड गरि भर्ने र सम्बन्धित दस्ताबेज  यस ई- मेलमा पठाउने:  nepalindata@bikasudhyami.com 

फारम डाउनलोड: Download

 

अन्तिम मिति :  कार्तिक २८ साँझ ५ बजेसम्म 

निवेदक पत्रकारले फारम भर्नु अघि निम्नलिखित योग्यता पुरा गर्नु पर्ने छ। 

१. उमेर २५ देखि ४५ वर्ष सम्म 
२. नपाली नागरिक 
३. शैक्षिक योग्यता: स्तातक तह 
४. यी कुराहरूको न्युनतम ज्ञान भएको?
 MS Word:  कागजात ढाँचा, सन्दर्भ सामाग्री र विषय सुची
 MS Excel :  जोड, घटाउ, भागा, गुणन, फिल्टरिंग, चार्ट आदि
 माध्यमिक स्कूल तहको  तथ्याङ्क सम्बन्धि आधारभुत ज्ञान भएको  
५. डिजिटल साक्षरता (इंटरनेटमार्फत सामाग्री खोज्न, वेब सर्फिंग गर्ने सक्ने) भएको  
६. पत्रकारितामा न्यूनतम ३ वर्षको अनुभव वा राष्ट्रिय अखबार वा पत्रिकामा ५० लेखहरू प्रकाशित भएको। 
७. निम्न क्षेत्रको पत्रकारलाई वढि प्राथमिकता दिइनेछ:
आर्थिक, व्यवसायिक, बैंकिंग र वित्त
सार्वजनिक वित्त (बजेट, कर, व्यय)
विभिन्न लिंग र जातीय अल्पसंख्यकलाई प्रोत्साहन दिइनेछ
८. विगत २ वर्ष वा सो भन्दा बढि प्रदेश २ वा प्रदेश ३ मा काम गर्दै गरेको
- काठमाडौँ उपत्यका  बाहिरका पत्रकारलाई  विशेष प्राथमिकता दिइने 
९. तालिम अवधिको लागि MS Office 2016 भएको ल्यापटप हुनुपर्छ


थप जानकारीको लागि:
 विकास उद्यमी 
 मनि मार्ग, चाकुपाट, ललितपुर
सन्तोष  गड्तौला
०१-५२६१०९३
९८४१६७७२८८ 

नोट: सहभागी छान्ने अधिकार आयोजकमा निहित रहनेछ।