नेपाल मत्स्य सर्वेक्षण २०७२

March 21, 2018

हाम्रो जस्तो कृषि प्रधान देशमा राष्ट्रिय अर्थतन्त्रको विकास तथा सुदृढीकरण गर्न कृषि क्षेत्रको सर्वाधिक महत्व रहने हुँदा उन्नत कृषिकरणतर्फ ध्यान केन्द्रित हुनु अति नै जरुरी छ । कृषि क्षेत्रमध्ये माछा पालन व्यवसाय पनि एक महत्वपूर्ण क्षेत्र भएको र यसले देशको कुल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानको प्रतिशत केही
वर्षदेखि क्रमशः बृद्घि हुदै गएको देखिन्छ । यस व्यवसायबाट जनसमुदायलाई पौष्टिक आहारका साथसाथै आर्थिक सहयोग पनि प्रशस्त हुने भएकोले आर्थिक तथा खाद्य सुरक्षाको दृष्टिकोणले यसको ठूलो महत्व छ । मुख्यतः यो व्यवसाय तराईका सम्पूर्ण जिल्लाहरुमा र हिजोआज पहाड तथा हिमालका केही भागमा समेत विस्तार हँुदै गएको छ।
नेपालमा उपलब्ध जलश्रोतको उपयोग बढाई आधुनिक प्रविधि उपयोग गरी यस व्यवसायलाई विकसित गर्न सकेमा यसले नेपालको अर्थतन्त्रमा निकै सहयोग पु¥याउने देखिन्छ । यसै तथ्यलाई ध्यानमा राखी यस व्यवसायलाई अभै व्यवस्थित तरिकाले वृद्धि गर्नको लागि आवश्यक तथ्याङ्कहरु केन्द्रीय तथ्याङ्क विभागले नेपाल मत्स्य उत्पादन सर्वेक्षण २०७२ मार्फत उपलब्ध गराउन जमर्को गरेको छ । मत्स्य तथ्याङ्क संकलन गर्नु भन्दा पहिले सर्वेक्षणलाई चाहिने आवश्यक स्याम्पल फ्रेमको लागि आर्थिक वर्ष २०७१÷७२ मा नेपाल भरी रहेका माछा पोखरीहरुको लगत संकलन गरिएको थियो। जस अनुसार ६५ जिल्लाहरुमा व्यावसायिक माछापालन गरिएको देखिन्छ । सर्वेक्षणमा नमूना छनौट विधिद्वारा ५२ जिल्लामा र थोरै संख्यामा माछा पोखरी रहेका १३ जिल्लाहरू तथा संस्थागत रूपमा माछापालन गरेका पोखरीहरुको पूर्ण गणना गरी नतिजा प्रकाशन गरिएको छ ।

Newsletter

Submit your details below to receive Newsletters

Newsletter