नेपालको संविधानको धारा ८६ को उपधारा (३) को प्रतिवन्धात्मक वाक्यांश तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २०८ मा नेपालको संविधान प्रारम्भ भएपछि पहिलो पटकको लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाद्वारा दुई वर्ष, चार वर्ष र छ वर्ष कायम गर्ने व्यवस्था भए बमोजिम गोला प्रथाद्वारा पदावधि कायम गर्न मिति २०७५ साल जेठ ३० मा प्रकाशित सूचना बमोजिम आज मिति २०७५ साल असार ४ गते राष्ट्रिय सभा नियमावली, २०७५ को प्रक्रिया अनुसार राष्ट्रिय सभाका देहायका माननीय सदस्यहरुको पदावधि देहाय बमोजिम कायम हुन आएकोले यो सूचना प्रकाशन गरिएको छ ।