कान्तिपुर, असार ९, २०७९
यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक
काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ ।
११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ । हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो । युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।
भारतपछि चीनबाट सबैभन्दा धेरै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारत र चीनपछि धेरै वस्तु आयात हुने मुलुकहरुमा क्रमश: अमेरिका, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड र बंगलादेश पर्दछन् ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालले धेरै वस्तु आयात गरेका १० मुलुकहरु
मुलुक |
आयात वस्तुको रकम |
निर्यात वस्तुको रकम |
कुल व्यापार घाटा |
भारत |
११ खर्ब ९० करोड |
१ खर्ब ४५ अर्ब ९० करोड |
९ खर्ब ५५ अर्ब |
चीन |
२ खर्ब ४४ अर्ब २१ करोड |
७३ करोड |
२ खर्ब ४३ अर्ब ४८ करोड |
अमेरिका |
४७ अर्ब ७३ करोड |
१५ अर्ब ९७ करोड |
३१ अर्ब ७६ करोड |
इन्डोनेसिया |
४६ अर्ब २७ करोड |
६ करोड |
४६ अर्ब २१ करोड |
यूएई |
४३ अर्ब ९६ करोड |
४३ करोड |
४३ अर्ब ५३ करोड |
अर्जेन्टिना |
३७ अर्ब १९ करोड |
न्यून |
३७ अर्ब १९ करोड |
अस्ट्रेलिया |
२३ अर्ब १५ करोड |
१ अर्ब २ करोड |
२२ अर्ब १३ करोड |
युक्रेन |
२० अर्ब ८१ करोड |
न्यून |
२० अर्ब ८१ करोड |
मलेसिया |
१६ अर्ब १० करोड |
१० करोड |
१६ अर्ब |
ब्राजिल |
१२ अर्ब ३७ करोड |
५ करोड |
१२ अर्ब ३२ करोड |
स्रोत: https://ekantipur.com/business/2022/06/23/16559717309871846.html