'We strive to improve Nepal's democracy and development by giving data, information, knowledge, and technology to citizens, governments, and non-state entities, allowing them to make better, more informed policy decisions and plan for a better society.'
Nepal in Data is a data and statistics platform created by Bikas Udhyami, a social innovation hub, to make development data and statistics about Nepal public and accessible to a wide audience from 1950 to the present. During this phase, the portal will serve as a single point of entry for users to access, engage with, compare, and utilize data and statistics on various aspects of Nepal's development. Later on, it plans to establish itself as a self-sustaining think tank that generates and disseminates evidence-based policy information.
Nepal has a long history and has undergone several changes since becoming a democracy in the 1950s. Simultaneously, the country faces numerous development difficulties, including those relating to poverty, governance, economic development, the environment, access to justice, and gender and social inclusion. It is, however, difficult to keep track of Nepal's growth trajectory and progress toward development outcomes. While a large quantity of data and statistics are generated, the majority of the data and statistics are difficult to obtain and utilize, and are not in accessible format.
There is no central place where data and statistics on different sectors can be accessed, compared, and analyzed to connect the dots of development and can be used for evidence-based policy and decision-making, development programming, research, and monitoring and evaluation.
By making relevant data and statistics available and accessible for others to use, the Nepal in Data portal seeks to contribute to Nepal’s development in various ways:
- To assist the government in using data and statistics to inform policy and decision-making on development concerns.
- To make information available to the general public in order to encourage citizen participation in public affairs and to track progress toward development goals.
- To make it easier for civil society and development organizations to use data and statistics to inform development initiatives.
- To assist the private sector in making better business and investment decisions.
- To aid students, research institutions, and the media in the analysis, study, and reporting of data and statistics.
- To empower IT developers to use data to solve Nepal's development concerns.
Nepal in Data is the starting point of a journey to make data and statistics more available and accessible for everyone in Nepal. Data in itself is raw and needs be analyzed in order to have meaning. The Nepal in Data team will analyze data and convert it into easy to understand statistics that interpret and summarize the meaning of data, which will be made available through the portal.
In order for data and statistics to become truly accessible, the Nepal in Data team will enhance data literacy by building capacity to use and analyze data and statistics, developing infographics and working with stakeholders to address specific data and statistical needs so that they can understand and use data and statistics in meaningful ways in their work and lives.
Collaboration
- Are you interested in supporting us to update and expand Nepal in Data?
- Are you interested and would like to learn more about Nepal in Data?
- Do you have a dataset that you would like to share with us?
- Do you need help in using the datasets provided by Nepal in Data for your work?
Contact us. We are keen to explore collaboration with you.
नेपाल इन डाटा (तथ्यांकमा नेपाल)
परिचय
नेपाल इन डाटा सोसियल इनोभेसन हबको रूपमा काम गरिरहेको संस्था विकास उद्यमीद्वारा सञ्चालित खुला तथ्याङ्क पोर्टल हो । पोर्टलले नेपालमा बि.सं. २००७ देखि हालसम्म सरकारले उपलब्ध गराएका तथ्याङ्कहरूलाई आम सर्वसाधारणको सहज पहुँचमा पुर्याउने मुख्य उद्देश्य लिएको छ । यसमा प्रयोगकर्ताले तथ्याङ्कहरू हेर्न, तुलना गर्न र आवश्यकता अनुसार विभिन्न स्वरूपमा प्रयोग गर्न सक्नेछन् ।
वि.सं. २००७ मा आएको प्रजातन्त्र र त्यसपछिका विभिन्न परिवर्तनहरू संगालेर नेपालले एक प्रजातान्त्रिक मुलुकका रूपमा छुट्टै इतिहास बनाएको छ । तर त्यसका बावजुद पनि मुलुक अझै विकासका चुनौतीहरू जस्तै गरिबी, सुशासन, आर्थिक विकास, स्वच्छ वातावरण, न्यायमाथि पहुँच र लैङ्गिक तथा सामाजिक समावेशीता जस्ता समस्याहरूसँग जुधिरहेको अवस्था छ। हालसम्म भएका विकासका सबै उपलब्धिको तथ्याङ्क राख्नु सजिलो काम होइन । तथ्याङ्क उपलब्ध छन् र उपलब्ध तथ्यांकहरू पनि सर्वसाधारणहरूको सहज पहुँचमा छैनन् । भएका तथ्याङ्कहरू पनि सरल तरिकाले बुझ्न र प्रयोग गर्न नसकिने अवस्थामा रहेका छन् । छरिएर रहेका त्यस्ता तथ्याङ्कलाई एकै ठाँउमा राख्ने कुनै केन्द्रीकृत संयन्त्र छैन । छरिएर रहेका त्यस्ता विभिन्न क्षेत्रका तथ्याङ्कहरूलाई सहज रूपमा एकैपटक¸ एकैठाउँमा प्राप्त गर्न सकिने स्वरूपमा ल्याउनु नै नेपाल इन डाटाको अभीष्ट हो । यसले तथ्यसम्मत नीति तथा योजना निर्माण, निर्णय निर्माण, अध्ययन-अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन आदि विभिन्न प्रयोजनका लागि तथ्याङ्क उपलब्ध गराएर सहयोग गर्छ ।
समय सान्दर्भिक आँकडा र तथ्याङ्कहरू सहज र सुलभ रूपमा उपलब्ध र गराएर, Nepal in Data पोर्टलले नेपालको विकासमा निम्न योगदान गर्ने लक्ष्य लिएको छ
-
विकास निर्माण एवम् अन्य मुद्दाहरूमा तथ्याङ्कमा आधारित रहेर नीति-निर्माण गर्न र निर्णय-प्रक्रियामा तथ्याङ्कको प्रयोग वृद्धिमा सरकारको सहायकको भूमिका खेल्ने ।
-
सूचनामा नागरिकको पहुँच निर्माण गरेर सार्वजनिक मुद्दामा नागरिक सहभागिता वृद्धि गर्ने तथा विकास निर्माणका कार्यको प्रगति तथा परिणाम अनुगमन गर्न प्रेरित गर्ने र सहायक भूमिका खेल्ने ।
-
नागरिक समाज र अन्य विकास एजेन्सीलाई विकासका कार्यक्रमसँग सम्बन्धित आवश्यक जानकारी र तथ्याङ्क प्रदान गर्ने ।
-
निजी क्षेत्रलाई व्यापार तथा लगानीको सही र उपयुक्त निर्णय लिनका लागि सहयोगी बन्ने ।
-
विद्यार्थी, अनुसन्धान संस्थाहरू र मिडिया आदिलाई अनुसन्धान, विश्लेषण र प्रतिवेदन निर्माणका लागि जानकारी र तथ्याङ्क प्रदान गर्ने ।
साथ-साथै
नेपालमा उपलब्ध तथ्याङ्कहरु सबै नागरिकका लागि सहज र सुलभ तवरबाट उपलब्ध गराउने वृहत् यात्राको पहिलो पाइला मात्र हो। तथ्याङ्क सार्वजनिक हुनु आफैँमा सम्पूर्ण कार्य हैन; यो सफल त्यतिबेला मात्र हुन्छ जब तथ्याङ्कलाई प्रयोगमा ल्याउनको लागि प्रशोधन र विभिन्न तरिकाबाट विश्लेषण गरिन्छ। यस टिमले उपलब्ध तथ्याङ्कहरुको प्रशोधन र विश्लेषण दुबै गरी वेबसाइटको माध्यमबाट सबैको पहुँचमा पुर्याउँछ।
तथ्यांङ्कमा सबैको सहज पहुँच निर्माण गर्नेमा मात्र सीमित नभई टिमले तथ्याङ्क साक्षरता बढाउनको लागि पनि विभिन्न कार्य गर्छ। तथ्याङ्कमा आधारित भएर इन्फोग्राफिक्स निर्माण गर्ने तथा सरोकारवालासँगको सहकार्यबाट तथ्याङ्कको बारेमा जानकारी दिँदै विकासका आयाममा जानकारी दिने कार्य गर्छ। वेबसाइटमा उपलब्ध सामाग्रीको उच्चतम प्रयोग तथा तथ्याङ्क आवश्यक पर्नेले विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सहज बनाउने उद्देश्यका साथ विभिन्न सचेतना कार्यक्रमहरु पनि यसले गर्दछ।
सहकार्य
- के तपाईँ हामीलाई नेपाल इन डाटाको स्तरवृद्धिमा सहयोग गर्न इच्छुक हुनुहुन्छ ?
- के तपाईँ नेपाल इन डाटाका बारेमा थप बुझ्न चाहनुहुन्छ ?
- के तपाईंसित भएको तथ्य-सामाग्री तपाईँ हामीसँग बाँड्न चाहनुहुन्छ ?
- के तपाईँ नेपाल इन डाटाबाट उपलब्ध गराइएको तथ्य-सामाग्री उपयोग गर्नमा हामीबाट केही सहायता चाहनुहुन्छ ?
यदि हो भने हामीलाई सम्पर्क गर्नुहोस् । हामी तपाईसँग सहकार्य गर्नका लागि सधैँ तत्पर छौँ ।