A rich and diverse array of documents is consistently sourced from various online platforms, encompassing different types of content and perspectives. These documents are subsequently organized and made accessible to the public, fostering an informed citizenry and promoting knowledge sharing across different sectors.
Information related to development is sourced and compiled from multiple news platforms, ranging from mainstream media to niche publications focused on social issues. This collection will inform readers about the prevailing context, issues, and trends in the field of development, including economic growth, environmental sustainability, and human rights. By presenting a well-rounded view of the current landscape, readers will gain a clearer understanding of the multifaceted nature of development work. Additionally, this curated information will serve as a resource for policymakers, practitioners, and advocates, enabling them to stay informed about the latest developments and best practices in the sector.
Aug. 1, 2025, 2:05 a.m.
रमेश सुवेदी काठमाडाैं २o८२ श्रावण १६ शुक्रबार प्रतियोगिता आयोजनामा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)बाट दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । केन्द्रीय कार्यालय मूलपानीमा बिहीबार बसेको क्यान कार्यसमिति बैठकले एनपिएलको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगिता सकिएको सात महिनापछि आर्थिक कारोबार सार्वजनिक भएको हो । एनपिएलको आर्थिक विवरण सार्वजनिक नगरेको भन्दै क्यानको आलोचना हुँदै आएको छ । एनपिएलको आर्थिक विवरण सार्वजनिक गर्न १० घण्टा बैठक चल्यो । मूलपानीमा बिहीबार राति ८ बजे सकिएको बैठकले एउटा मात्र एजेन्डामाथि निर्णय गरेको क्यानले जनाएको छ । त्यो एजेन्डा एनपिएलकै आय–व्यय थियो । लगभग एक महिना त्रिवि क्रिकेट मैदानमा चलेको एनपिएलबाट क्यानले २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । क्यानले पहिलो संस्करण विश्व क्रिकेटमा पुर्‍याउन र यसको ब्रान्डिङ गर्न समग्रमा प्रतियोगितामा २० करोड १५ लाख रुपैयाँ खर्च भएको प्रवक्ता छुम्बी लामाले बताएका छन् । आम्दानी र खर्चको अन्तर सात करोड ५३ लाख रुपैयाँ रहेको छ । यसको ५० प्रतिशत हिस्सा चार करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ । सेयरिङपछि बाँकी तीन करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि क्यानले पहिलो एनपिएलबाट दुई करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको हो । एनपिएलको पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको छ । बैठकमा एक दर्जन एजेन्डाको सूची समावेश थियो । तर, दिनभर बसेको बैठकमा एनपिएलबारे छलफल भएको प्रवक्ता लामाले बताए । क्यानका अनुसार आगामी संस्करणका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ । एनपिएलको अनियमिततामाथि छानबिन जारीएनपिएलको आय–व्यय सार्वजनिक भए पनि क्यानको अनियमितताको विषयमा छानबिन जारी छ । पहिलो सिजनको एनपिएलमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत ७ मंसिर र १२ फागुन ०८१ मा उजुरी परेको थियो । आयोगले उजुरी…
Maju Deval temple was built in 1692 A.D. on a nine-step brick base, it features beautifully carved wooden doorways, window pillars and struts and images of Hindu dieties inside and outside the shrine.
Photographs sourced from independent scholars, missionaries, travelers, and various other individuals are compiled from multiple online resources that are open to everyone. These images reflect the evolving aspects of development and the realities that have transpired throughout the years.