नौ महिनामा आधा मात्रै खर्च
चालु आर्थिक वर्ष सकिन तीन महिनाभन्दा कम समय बाँकी रहँदा सरकारले लक्ष्यको ५५.४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षको लागि चालु, पुँजीगत तथा वित्तिय व्यवस्था तर्फ गरी १८ खर्ब ६० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये सरकारले बैशाख १० सम्ममा १० खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।