दश वर्षमा ७८३ वटा भूकम्प
वि.स. २०७२ सालको भूकम्पपछि आजको दिनसम्म ४ म्याग्निच्युड भन्दा माथिका ७ सय ८३ वटा भूकम्प गएका छन् । २०७२ सालपछिका ठूला भूकम्पहरुमा २०७९ साल कात्तिकमा डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प, २०८० कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प र २०८० असोजमा बझाङ केन्द्रविन्दु ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।