सार्वजनिक खर्चमा सुधार भएन
सरकारको सार्वजनिक खर्चको अवस्था निकै नाजुक छ । आर्थिक वर्ष सकिन ७५ दिन बाँकी रहँदा पुँजीगत, चालु तथा वित्तीय व्यवस्थातर्फको खर्च ५७.०४ प्रतिशत मात्रै छ । त्यसमा पनि आर्थिक वृद्धिदरसंग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको अवस्था एक तिहाई भन्दा कम छ । बैशाख १५ गते सम्ममा पुँजीगततर्फ कुल विनियोजित बजेटको ३१.२३ प्रतिशतमात्रै खर्च भएको छ ।