नीति तथा कार्यक्रम २०८२/८३
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार व्यववस्थापिका संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रमको जगमा उभिएर सरकारले आय–व्यय विवरण बजेट निर्माण गर्नेछ । हरेक वर्षको जेठ १५ गते सरकारले संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।