hospital

भारत–पाकिस्तान द्धन्द्ध

नेपाल इन डाटा

hospital

फेरी चर्कियो भारत–पाक द्धन्द्ध

आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरी भारतको जम्मू–कश्मिरको पहलगाममा आतंकवादी हमला भएको १५ दिनपछि भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ । गत बैशाख ९ गते  पहलगाममा आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो।त्यसको जवाफी कारवाही भन्दै भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि यी दुई मुलुक पुनः युद्धका लागि आमने–सामने भएका छन् ।

hospital

भारत–पाकिस्तान युद्धको श्रृखंला

  • पहिलो युद्ध– वि.स.२००४ सालमा जम्मु–कश्मीर   
  • दोस्रो युद्ध– वि.स.२०२२ सालमा जम्मु–कश्मीर, पंजाव
  • तेस्रो युद्ध– वि.स.२०२८ सालमा पूर्वी पाकिस्तान (आजको बंगलादेश
  • चौथो युद्ध– वि.स.२०५६ सालमा कारगिल, जम्मु–कश्मीर 

यस अवधिमा करिब आधा दर्जन ठूला द्धन्द्धका घटना भएका छन् ।

hospital

नेपालमा पर्ने असर

भारत–पाकिस्तान द्धन्द्ध बढ्दै जाँदा त्यसको सिधा असर नेपालमा पनि पर्ने देखिन्छ ।

  • व्यापारमा अवरोध: नेपाल भारतीय वस्तुको आयातमा निरर्भर छ ।युद्धका कारण भारतीय सीमामा आवागमन प्रभावित हुँदा नेपालमा अत्यावश्यक वस्तुहरूको आपूर्ति प्रभावित भई महंगी बढ्नसक्छ । 
  • इन्धन संकट: युद्धका कारण भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुनसक्छ ।भारतबाट विद्युत आयातमा कटौति हुनसक्छ । त्यसको सिधा असर नेपालको विद्युत आपूर्तिमा पर्नसक्छ ।
  • विदेशी लगानीमा असर : युद्धका कारण दक्षिण एशियाली क्षेत्र असुरक्षित हुने भएकोले यस क्षेत्रमा विदेशी लगानी आउने संभावना साँघुरिँदै जानेछ ।
  • पर्यटनमा असरः  नेपाल आउने विदेश पर्यटकमा भारतीय पर्यटकको हिस्सा ठूलो छ । भारत पाकिस्तान युद्ध चर्किँदै गएमा भारतीय पर्यटक नेपाल आउने छैनन् भने तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा पनि भारती कटौति हुनेछ ।
hospital

नेपालमा पर्ने असर

  •  शरणार्थी समस्या: युद्धको कारण भारत वा पाकिस्तानबाट शरणार्थीहरू नेपाल प्रवेश गर्ने सम्भावना बढ्छ । जसको उचित व्यवस्थापन गर्न नसक्दा सामाजिक र प्रशासनिक चुनौती बढ्नेछ ।
  •  नेपाली कामदारको सुरक्षामा खतरा: मुख्यगरी मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट धेरै नेपाली रोजगारीका लागि भारतीय मुख्य शहरमा पुगेका छन् । भारत पाकिस्तान युद्ध बढ्दै गएमा उनीहरुको सुरक्षा र नेपालको समग्र रोजगारीमै असर पुर्याउन सक्छ ।
  •  कूटनीतिक दबाव: नेपालले  भारत र पाकिस्तानसँग मैत्री सम्बन्ध राख्ने नीति अपनाएको छ। युद्धको बेला नेपाललाई तटस्थता प्रदर्शन गर्न दबाव पर्नेछ र जसका कारण परराष्ट्रनीतिमा तनाव आउन सक्छ ।
hospital

विश्वमा चीनको शक्ति बढ्नसक्ने

  • भारत–पाकिस्तान युद्ध भएमा नेपालको छिमेकी मुलुक चीन थप शक्तिशाली हुने अनुमान गरिएको छ । 
  • भारत–पाकिस्तान युद्धले भारतको आर्थिक र सैन्य क्षमता घटाउँदा एसियामा चीनको प्रभुत्व बढ्नसक्छ।
  • चीनले पाकिस्तानलाई हतियार र आर्थिक सहयोग उपलब्ध गराई पाकिस्तानमार्फत भारतलाई अप्रत्यक्ष रूपमा चुनौती खडा गर्न सक्छ ।
  • भारत–पाकिस्तान युद्ध भएमा अमेरिका र पश्चिमको ध्यान यतातिर केन्द्रित हुँदा चीनले ताइवान, दक्षिण चीन सागर, र हङकङमा आफ्नो प्रभुत्व बढाउन सक्छ।
hospital

विश्वमा चीनको शक्ति बढ्नसक्ने

  • यूक्रेन–रूस युद्ध जस्तै, पश्चिमी देशहरू धेरै मोर्चामा बाँडिन सक्ने भएकोले चीनले त्यसबाट राजनीतिक फाइदा उठाउन सक्छ ।
  • भारत–पाकिस्तान युद्ध भएमा चीनले हतियारको व्यापारमा विस्तार गर्न सक्छ । चीनले युद्धलाई उसले विकास गरेका आधुनिक हतियारको परीक्षणको अवसरको रुपमा उपयोग गर्न सक्छ ।
  • भारत–पाकिस्तान युद्धले दक्षिण एशियाली अर्थतन्त्र अस्थिर बनाउँदा चीनले बंगलादेश, नेपाल, श्रीलंकाका बजारमा आफ्नो प्रभाव बढाउन सक्छ । 
  • भारत–पाकिस्तान युद्धले एक चीन नीतिलाई थप बलियो बनाई चीनको बार्गेनिङ पावर बढाउँछ।

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More