hospital

सडक दुर्घटनाको कहालीलाग्दो तथ्याङ्क

आनन्द अधिकारी

hospital

एक दशकमा २३ हजारको मृत्यु

नेपालमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ । पछिल्लो एक दशकको अवधिमा २३ हजार ९२८ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ वार्षिक औसतमा २ हजार ३९३ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको Nepal Health Fact Sheet 2024 मा उल्लेख छ । 

hospital

दैनिक करिब ७ जनाको मृत्यु

महामारी तथा प्रकोपका घटनामा जसरी बहस र छलफल हुन्छ । सडक दुर्घटना र यसको न्युनीकरणका विषयले भने संसद र सरकारी नीतिमा खासै महत्व दिइएको देखिँदैन । तर, यसबाट भएका मानवीय क्षति र अंगभंगबाट हुने आर्थिक व्ययभारको अवस्था भने डलरलाग्दो छ । सरकारी तथ्याङ्कलाई नै आधार मान्दा सडक दुर्घटनाका कारण दैनिक करिब ७ जना नागरिक घर फर्किन नपाउँदै अस्ताउँछन् ।

hospital

धेरै क्षति मधेसमा

प्रदेशगत रुपमा सबैभन्दा धेरै सवारी दुर्घटना मधेस प्रदेशमा हुने गरेको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा  मधेस प्रदेशभित्र सवारी दुर्घटनामा परी ५३० जनाको मृत्यु भएको छ । कुल ९ हजार ७४५ जना घाइते भएका छन् । उक्त वर्ष लुम्बिनी प्रदेशमा ४९५ जनाको मृत्यु भएको छ भने १ हजार ६९४ जना घाइते भएका छन् ।

hospital

धेरै दुर्घटना हुनेमा दुईपाङ्ग्रे

दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको दर उच्च छ । प्रहरी दर्पण २०८१ अनुसार कुल दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधनको अंश ५६ प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ मा कुल ३५ हजार ४०४ वटा सवारी दुर्घटना भएकोमा १९ हजार ९८४ वटा मोटरसाईकल थिए । त्यसपछि धेरै दुर्घटना हुने सवारी साधनमा कार रहेका छन् । उक्त वर्ष ६ हजार ८३७ वटा कार दुर्घटना भएका थिए ।

hospital

तिव्र गति दुर्घटनाको कारण

नेपाल प्रहरीको 'प्रहरी दर्पण २०८१' को तथ्याङ्क अनुसार सवारी दुर्घटनाको मुख्य कारण तिव्र गति रहेको छ । २०८०/८१ मा कुल दुर्घटनामध्ये तिव्र गतिका कारण १० हजार ४३३ वटा दुर्घटना भएका छन् । यस्तै, मादक पदार्थ सेवन र अनुशासनहीन चलाईका कारण हुने दुर्घटना पनि बढ्दो अवस्थामा छ ।

hospital

न्युनीकरणका कमजोर प्रयास

सडक दुर्घटनाबाट ठूलो रुपमा मानविय क्षति भइरहेपनि यसलाई न्युन गर्नेतर्फ खासै पहल भएको पाइदैन ।आकलझुकल शहरी क्षेत्र ट्राफिक प्रहरीको सचेतना कार्यक्रम बाहेक सडक दुर्घटनाको ठोस कारण पहिचान गरी त्यसलाई न्युन गर्नेतर्फ चासो दिइएको पाइदैन । सवारी साधनको नियमित चेकजाँच, सडकको अवस्थाबारे जानकारी, मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कडा कारवाही जस्ता विषय कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्दै आएको हो ।

hospital

प्रस्तावित राष्ट्रिय सडक सुरक्षा नीति, २०८१
सरकारले सडक दुर्घटना न्युन गर्न र दुर्घटना पश्चात उद्धार र पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सडक सुरक्षा नीति अघि बढाउने तयारी गरेको छ । प्रस्तावित नीतिमा सडक दुर्घटनाबाट हुने मानविय मृत्यु र गम्भिर घाइतेको संख्या शुन्यमा झार्ने दीर्घकालीन सोच राखिएको छ । यस्तै, सन् २०२१ को तुलनामा २०३० मा सडक दुर्घटनाबाट हुने मानव मृत्यु र गम्भिर घाइतेको संख्या ५० प्रतिशतले घटाई २०५० सम्ममा शुन्यमा झार्ने लक्ष्य लिइएको छ । 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More