hospital
hospital

अर्थतन्त्रमा महिलाको भूमिका

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी भेदभावरहित समावेशी विकासको आधार खडा गरेको छ । विश्वमा पहिलोपटक सन् १९७० मा डेनिस अर्थशास्त्री इष्टर वोसेरूपले आर्थिक विकासमा महिलाको भूमिकाबारे चर्चा गरेकी थिइन् । नेपालमा पहिलो पञ्चवर्षिय योजना (२०१३–२०१८) देखि नै महिला विकासका कार्यक्रम अघि सारिएको भएपनि छैटौं योजनादेखि मात्रै प्राथमिकतामा परेको पाइन्छ । महिलालाई आर्थिक क्रियाकलापमा सक्रिय बनाउने प्रयास भने आर्थिक वर्ष २०६४/६५ देखि भएको हो । 

hospital

काम गर्नयोग्य जनसंख्यामा महिलाको हिस्सा

श्रम सर्वेक्षण अनुसार काम गर्न योग्य कुल जनसंख्यामा महिलाको अंश ५६ प्रतिशत छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा २३.४५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.६१ प्रतिशत छ । काम गर्न योग्य जनसंख्यामा शहरी क्षेत्रमा महिलाको हिस्सा औसतमा ६० प्रतिशत रहेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको कुल गार्हस्थ्य उत्पादनमा महिलाले पुर्याएको योगदान सम्बन्धि अध्ययन प्रतिवेदन–२०७९ मा उल्लेख छ ।

hospital

श्रम बजारमा नेपाली महिला

नेपालमा औपचारिक क्षेत्रको तुलनामा अनौपचारिक क्षेत्रमा महिला रोजगारीको संख्या धेरै छ । औपचारिक क्षेत्रमा कुल रोजगारी (३७.८ प्रतिशत) मध्ये ४०.३ प्रतिशत पुरुष र ३३.५ प्रतिशत महिला रहेका छन् । यता, अनौपचारिक क्षेत्रमा भने पुरुषको तुलनामा महिला रोजगारीको हिस्सा बढी छ । यस क्षेत्रमा क्षेत्रमा रहेका ६२.५ प्रतिशत रोजगारीमध्ये ५९.७ प्रतिशत पुरुष र ६६.५ प्रतिशत महिलाको हिस्सा छ । 

hospital

आयमा महिलाको हिस्सा

अघिल्ला वर्षहरुको तुलनामा महिला रोजगारीको संख्या बढेसँगै परिवारको आयको हिस्सामा महिलाको योगदान बढ्दै गएको छ । तर, पुरुषको तुलनामा महिलाको आम्दानीको अवस्था भने कमजोर पाइएको छ । औसतमा ७३.४ प्रतिशत महिलाको आम्दानी श्रीमानको तुलनामा कम पाइएको छ भने ७.५ प्रतिशत महिलाको आम्दानी भने श्रीमानको भन्दा धेरै छ । कुल १३.५ प्रतिशत महिलाको आम्दानी श्रीमानको आम्दानी बराबर छ । प्रदेशगत रुपमा महिला पुरुषको आम्दानीमा सबैभन्दा धेरै असमानता गण्डकी प्रदेशमा छ । बागमती प्रदेशमा भने यस प्रकारको असमानता सबैभन्दा न्युन छ ।

hospital

स्थायी सम्पत्तिमा महिलाको स्वामित्व

पुरुषको तुलनामा स्थिर सम्पत्तिमा महिलाको स्वामित्व न्युन छ । घर र जमिनमा स्वामित्व भएका महिला घरधुरीको संख्या १०.७ प्रतिशत छ भने जमिनमा मात्रै स्वामित्व भएका महिला धरधुरीको संख्या ९ प्रतिशत छ । कुल घरधुरीमध्ये ७९.५ प्रतिशत घरधुरीमा घर र जमिनमा महिलाको स्वामित्व रहेको पाइँदैन । क्षेत्रगत रुपमा  हिमाली क्षेत्रका घर र जमिनमा महिलाको स्वामित्व ज्यादै न्युन (५.५ प्रतिशत) छ । घर र जमिनमा महिलाको स्वामित्व तराई क्षेत्रमा भने पहाड र हिमाली क्षेत्रको तुलनामा ज्यादा (१२.३ प्रतिशत) छ । 

hospital

जिडीपीमा महिलाको योगदान

नेपालको कुल गार्हस्थ्य उतपादनमा महिलाको योगदान ४०ं.७८ प्रतिशत छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै बागमती प्रदेशका महिलाको योगदान १५.१० प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशका महिलाको योगदान १.६२ प्रतिशत पाइएको छ । औद्योगिक वगीृकरण अनुसार सबैभन्दा धेरै कृषि, वन र मत्स्यपालनको कुल मूल्य अभिवृद्धिमा महिलाको हिस्सा उच्च (५७.१९ प्रतिशत) छ । सबैभन्दा न्युन भने यातायात तथा भण्डारण क्षेत्रमा २.१७ प्रतिशत छ । मानव स्वास्थ्य तथा सामाजिक कार्यमा भने महिलाको योगदान (५३.८० प्रतिशत) पुरुषको (४५.६१ प्रतिशत) भन्दा बढी छ । 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More