जल तथा ऊर्जा आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई नेपालमा जलविधुतको उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो । उक्त अध्ययन अनुसार नेपालको जलविधुत् क्षमता ८२,९८० मेगावाट रहेको छ । आजभन्दा ५० वर्ष पहिले हरिमान शाक्यले आफ्नो विद्यावारिधिको सोधपत्रमा पनि नेपालको जलविधुत् क्षमता ८३,००० मेगावाट रहेको उल्लेख गरेका थिए ।