
महालेखापरिक्षकको कार्यालयका अनुसार राष्ट्रिय बेरुजु ५ खर्ब ८ करोड पुगेको छ र सबै भन्दा धेरै बेरुजु प्रतिशत प्रदेश २ मा १३.२७% रहेको छ। आर्थिक कारोबार गर्दा कानुनी रीत नपुगेको, कारोबारको लेखा नराखिएको र अनियमित वा बेमुनासिब तरिकाले गरिएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ।