
वैदेशिक रोजगारीको क्रममा विभिन्न ठगीका मुद्धाहरूको उजुरी गर्नको लागि सरकारले निकायहरू बनाएको छ। समस्यामा परेका मानिसहरूले सिधै उजुरी गर्नको लागि वैदेशिक रोजगार विभाग रहेको छ भने विभागले हेर्न नसक्ने प्रकारका संवेदनशील मुद्धाहरू विभागलेनै वैदेशिक रोजगार न्यायाधिकरणमा पठाइदिने गर्छ। क्षतिपूर्ति मागेर गरिने ती उजुरीहरू कत्तिको सुनिन्छन्? तिनीहरूको अवस्था के कस्तो छ? त्यो अवस्थाले के संकेत गर्छ? हेर्नुहोस् यो इन्फोग्राफिक्स।