अझै वार्षिक एक अर्बको सिमेन्ट आयात

November 08, 2017

सरस्वती ढकाल, कान्तिपुर राष्ट्रिय दैनिक, २२ कार्तिक २०७४

सरकारले सिमेन्टमा आत्मनिर्भरताका लागि तोकेको समयसीमा नजिकिए पनि अझै वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै सिमेन्ट आयातमा खर्चिनुपरेकोे छ । देशमा ठूलाठूला स्वदेसि तथा विदेसि लगानीमा सिमेन्ट कम्पनी स्थापना भएका कारण स्वदेशी सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्ने भन्दै प्रमुख कच्चा पदार्थ क्लिङ्कर आयातमा प्रतिबन्ध लगाउने सरकारी घोषणा पनि अन्ततः कार्यान्वयन नहुने देखिएको छ । झन् क्लिङ्कर आयात पछिल्लो ५ वर्षमा पाँच गुनाले बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) को तथ्यांकअुनसार आर्थिक वर्ष २०७३÷०७४ मा १ अर्ब १४ करोड रुपैयाँबराबरको सिमेन्ट र २४ अर्ब ९६ करोड रुपैयाँको क्लिङ्कर आयात भएको छ । सिमेन्ट आयात अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतले घटे पनि क्लिङ्कर भने १५३.८ प्रतिशतले बढेको छ । 
सरकारले तीन वर्षअघि स्वदेशी कच्चा पदार्थको भरपूर प्रयोग गर्न भन्दै ०७४ सालपछि नेपाली सिमेन्ट अनिवार्य प्रयोग गर्नुपर्ने तथा सिमेन्ट उद्योगीका लागि सिमेन्ट र क्लिङ्करको आयातमा रोक लगाउने निर्णय गरेको थियो । देशभित्रै उपलब्ध कच्चा पदार्थको उचित प्रयोग नहुँदा वार्षिक अर्बाैँ रुपैयाँकोे सिमेन्ट तथा क्लिङ्कर बाहिरबाट आयात हुने गरेको छ । देशको विभिन्न ठाउँमा रहेका चुनढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रामा क्लिङ्कर आयात गर्नुपरेको हो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले क्लिङ्करमा आत्मनिर्भर हुन कम्तीमा पनि अझ दुई÷तीन वर्ष लाग्ने बताए । “सरकारकले क्लिङ्कर आयातमा प्रतिवधद लगाउने समय निर्धारण गर्नुभन्दा पनि स्वदेशी उत्पादनमा सघाउ पु¥याउने कार्यक्रम ल्याउनुपर्छ,” उनले भने, “जबसम्म सिमेन्टमा आत्मनिर्भर हुन्छौं, तब आयात आफैं बन्द हुन्छ । अहिले नै बन्द गर्ने निर्णयले वातावरण बिग्रनेमात्रै हो ।” अहिलेपनि १५ देखि २० प्रतिशत सिमेन्ट आयात हुँदै आएको छ । अहिले क्लिङ्कर उद्योग १४ वटा सञ्चालनमा छन् भने सञ्चालनमा आउन ३ वटा अन्तिम तयारीमा छन् । आयात बर्सेनि घटे पनि पूर्णरूपमा घट्न समय लाग्ने व्यवसायीहरू बताउँछन् । 
सरकारले नेपाली चुनखानीलाई अधिकतम प्रयोग गरी क्लिंकर आयात शून्यमा झारी निर्यात गर्ने योजना बनाएको छ । त्यसका लागि उद्योग मन्त्रालयले सिमेन्ट उद्योगलाई चुनखानीसम्म जाने सडक निर्माण तथा बिजुली विस्तारमा सहयोग गर्दै आएको छ । पूर्वाधार विस्तार सरकारले गर्ने भनिए पनि काममा भएको ढिलाइका कारण उद्योग निर्माण भइसक्दा समेत पूर्वाधार नपुग्ने गरेको गरेका उद्योगीहरू बताउँछन् । योजना पूरा गर्न उद्योग मन्त्रालयले देशमा १५ वटा उद्योगलाई खानी स्थलसम्म पहुँचमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थियो । सिमेन्ट उत्पादनका लागि वीरगञ्ज र भैरहवामा धेरै उद्योग छन् । नेपालमा ८४ वटा सिमेन्ट उद्योगले सञ्चालन इजाजत लिएका छन् भने ५० वटा सञ्चालनमा छन् । पछिल्लो पटक शिवम् सिमेन्टमा चीनको होङ्सी समूहको सबैभन्दा ठूलो लगानी सिमेन्टमा आएको छ । 
लुम्बिनी औद्योगिक करिडोरबाट झन्डै एक दर्जन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरेका छन् । यस क्षेत्रबाट अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, सुप्रिम सिमेन्ट, जगदम्बा सिमेन्ट, बृज सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, अग्नि सिमेन्ट, पाठक सिमेन्ट, विशाल सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । वीरगन्जमा पनि झन्डै डेढ दर्जन उद्योग छन् । 

स्रोत: https://www.karobardaily.com/news/83160

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More