अपाङ्गता भएकाहरुलाई पर्वतारोहणमा लगाइएको रोक सर्वोच्चद्वारा खुला

March 07, 2018

विकास भट्टराई, आर्थिक अभियान, फागुन २३, २०७४ 

काठमाडौं । हिमाल आरोहणमा सरकारले अपाङ्गहरुलाई लगाएको प्रतिबन्ध सर्वोच्च अलदालतले बुधवार एक अन्तरिम आदेशमार्फत खुला गरिदिएको छ । अपाङ्गहरुलाई पर्वतारोहणका लागि रोक लगाउने कार्य हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा बुधवार अन्तरिम आदेश दिएको हो ।

‘दुबै हात नभएका, खुट्टा नभएका, दुबै आँखा नदेख्ने(दृष्टिविहीन)’हरुलाई पर्वतारोहण गर्नबाट सरकारले गत माघदेखि रोक लगाएको थियो ।

सरकारको सो कदम विरुद्ध दृष्टिविहीन अमित केसीले सर्वोच्चमा प्रतिबन्ध हटाउनका लागि रीट निवेदन दायर गरेका थिए ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओम प्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपककुमार कार्की सम्मिलित संवैधानिक इजलाशले अपाङ्गहरुलाई पनि हिमाल आरोहण गर्नका लागि बाटो खुला गरेको हो ।

यो अन्तरिम आदेशसँगै अव अपाङ्गता भएका नागरिकले पनि सगरमाथा सहितका हिमाल आरोहण गर्न पाउने भएका छन् ।

स्रोत: www.abhiyan.com.np/2018/03/07/185942

Newsletter

Submit your details below to receive Newsletters

Newsletter