News

अब साहित्यकारको वर्गीकरण र परिचयपत्र

January 24, 2018

अन्नपुर्ण पोस्ट, १० माघ २०७४

नेपाल प्रज्ञा प्रतिष्ठानले सहित्यकारलाई परिचयपत्र दिने भएको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइसकेकाले केही समय पछि परिचयपत्र वितरण सुरु हुने बताए ।

अहिलेसम्म राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलको भनाइ छ । प्रतिष्ठानले ‘विशिष्ट साहित्यकार परिचयपत्र’ र ‘लेखन साहित्यकार परिचयपत्र’ गरी दुई प्रकारका परिचयपत्र वितरण गर्न लागेको हो ।

विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् । त्यस्तै लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्षदेखि नियमित काम गरेका लेखक साहित्यकारले पाउने बताइएको छ । रासस

स्रोत: http://annapurnapost.com/news-details/89134