अरुण तेश्राे जलविद्युत अायाेजनाकाे शिलान्यास

May 12, 2018

नागरिक दैनिक, २८ बैशाख २०७५

अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास भएकाे छ। प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीले शुक्रबार संयुक्त रूपमा अायाेजनाकाे शिलान्यास गरेका हुन्। 

काठमाडाैँकाे द्वारिकाज हाेटलमा भएकाे अाेली र माेदीकाे एक्लाएक्लै वार्तापश्चात बहुप्रतिक्षित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणस्थल संखुवासभाको मकालु गाउँपालिकाको नुममा पर्ने फयाक्सिन्दालाई भिडियोमार्फत जोडेर उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

अरुण तेस्रो बनाउन भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएन (सतलज विद्युत् निगम) ले एसजेभिएन अरुण–३ विकास कम्पनी स्थापना गरिएको छ । नदी प्रवाहमा आधारित (रन अफ रिभर) उक्त अयोजना सरकारले सन् २००८ मार्चमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बिडिङको आधारमा एसजेभिएनलाई प्रदान गरेको थियो।

संखुवासभा जिल्लामा पर्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको कुल अनुमानित लागत एक खर्ब ८ अर्ब रुपैयाँ छ।

आयोजनाका लागि आयात गरिने सिमेन्ट, रड तथा स्टिलजन्य सामग्री खरिद गर्दा भन्सारमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि सम्झौतामा छ। यस्तै, परियोजना सम्पन्न भएपछि नेपालले पाउने निःशुल्क ऊर्जाबाहेक अरुण तेस्रो र माथिल्ला कर्णालीको विद्युत् भारतमा निर्यात हुनेछ । लगानी बोर्डका अनुसार, उक्त आयोजनाले नेपाली जनता र नेपाल सरकालाई आयोजनास्थल नजिकमा रोजगारी, निःशुल्क ऊर्जा, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्थानीय उद्योग र उद्यमीलाई अवसर प्रदान गर्नुपर्छ।

स्रोत: https://www.nagariknews.com/news/46460/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More