अर्को निर्माण सामग्रीको मूल्य पनि बढ्यो

March 29, 2018

सरस्वती ढकाल, कारोबार, बिहिवार, चैत्र १५, २०७४

सिमेन्टको मूल्यवृद्धिका कारण प्रभावित निर्माण क्षेत्र अर्को महत्वपूर्ण निर्माण सामग्री फलाम र स्टीलजन्य उत्पादनमा मूल्यवृद्धिको चपेटामा परेको छ । देशैभर भूकम्पप्रभावितले सुरु गरेको पुनर्निर्माण र प्रादेशिक तथा स्थानीय सरकारको व्यवस्थापनका लागि भौतिक निर्माण भइरहेको मौका छोपी मूल्यवृद्धि गराइएको पाइएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अनुसार निर्वाचनपछि फलाममामात्र प्रतिकिलो ३५ रुपैयाँसम्म मूल्य बढाइएको छ ।


स्थायी सरकार र आर्थिक समृद्धिको सपना देखेका नेपाली यसरी पटकपपटक निर्माण सामग्रीमा मूल्यवृद्धिको चपेटामा पर्दा पनि नियामक निकाय भने उदासिन बनेको महासंघका अध्यक्ष मोहन कटुवाल बताउँछन् । कहिले सिमेन्टको मूल्य त कहिले फलाम, ग्रिल, डन्डी, प्लाइउडलगायतका निर्माण सामग्रीको श्रृंखलाबद्ध मूल्यवृद्धिले उपभोक्ताको लागत धान्नै नसक्नेगरी वृद्धि भएको छ । यस्तै, इटाको मूल्य पनि पछिल्लो समय वृद्धि भएको छ । 
स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भइ सरकार गठन भए पनि अतिआवश्यकीय वस्तुको मूल्यवृद्धि हुँदा विकास निर्माणका काममा बाधा पुगेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष कटुवाल बताउँछन् । उनले विनाकुनै कारण रोलिङ मिल र हार्डवेयर पसलले मूल्य बढाएकोले तत्काल अनुममन गर्न सरकारसँग माग गरेका छन् । मंसिरमा प्रतिकिलो ६० रुपैयाँ रहेको फलामको पाता अहिले ९३ रुपैयाँ पुगेको उनले जानकारी दिए । “के कारणले मूल्य बढेको हो त्यसको जानकारीको सूचना सार्वजनिक गर्न, बढेको मूल्य फिर्ता गर्न, गुणस्तरीय सामान सहज किसिमले उपलब्ध गराउन हामीले सरकारसँग तीनबुँदे माग गरेका छौं,” उनले भने । यी मागहरू पूरा नभएमा पहिलो चरणमा स्थानीय प्रशाशनमा ज्ञापनपत्र बुझाउने, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र त्यहाँबाट पनि माग सम्बोधन नभए प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने महासंघले जनाएको छ । माग सुनवाइ नभए आन्दोलनमा उत्रिनेसम्मको चेतावनी महासंघले दिएको छ । मूल्यवृद्धिका विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले विनाकारण बढाइएको मूल्य तत्काल फिर्ता लिन र अनुगमनमा तदारुकता देखाउन सरकारसँग माग गरेको छ । 
ग्रिल तथा स्टिल व्यवसायसँग सम्बन्धित १ लाख ६० हजार श्रमिक र २० लाखको हाराहारीमा अप्रत्यक्ष सरोकारवाला यसबाट प्रभावित भएको महासंघको भनाइ छ । मूल्यवृद्धिले एकातिर लागत बढेको छ भने अर्काे तर्फ सहज किसिमले निर्माण समग्रीहरू उपलब्ध नभएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्र्द नेपालमा पनि जथाभावी मूल्यवृद्धि गर्ने रोलिङ मिल र हार्डवेयरको अनुमगन गर्न महासंघले माग गरेको छ । हार्डवेयर व्यवसायीहरूले स्टक राखेर मूल्य बढाएको आरोप पनि महासंघको छ । ग्रिलजन्य सामग्रीहरू गेट, भ¥याङ, रेलिङ, टर्वाइन, झोलुंगे रोपवे, उद्योगधन्दामा आश्वयक पर्ने मेटल फ्रेब्रिकेटिङलगायतका सामग्रीमा अहिले अत्यधिक मूल्य बढेको महासंघको भनाइ छ ।

स्रोत: https://karobardaily.com/news/economy/3570

Newsletter

Submit your details below to receive Newsletters

Newsletter