अष्ट्रेलियाको तासमानिया टापुमा दोस्रो ठूलो भाषा बन्यो नेपाली

June 27, 2017

 नागरिक दैनिक, १३ असार  २०७४

अष्ट्रेलियाली टापु तासमानियामा अंग्रेजी पछाडि सबैभन्दा बढी बोलिने भाषा नेपाली भएको छ। छोटकरीमा ‘तास’ भनिने यो टापुको ताजा जनगणनाले नेपाली भाषालाई दोस्रो स्थानमा देखाएको हो। नेपाली पछि यहाँ चिनियाँ भाषा बोल्नेहरु छन्।

अष्ट्रेलियाको तथ्यांक विभागलाई उदृत गर्दै साउथ एशिया डट कम डट एयुले जनाए अनुसार यो सुन्दर टापुमा नेपाली भाषा बोल्नेहरु ०.३ प्रतिशत पुगेका हुन्। अष्ट्रेलिया पुगेका नेपालीहरु यो सुन्दर टापुमा बसाइँ सर्ने प्रवृत्ति बढिरहेको तथ्यांक विभागले औंल्याएको छ।

ताजा जनगणनाअनुसार तासमेनियाको जनसंख्या ५ लाख ९ हजार ९ सय पुगेको छ। यो सन् २०११ को भन्दा २.९ प्रतिशतको वृद्धिको परिमाण हो। तास टापुमै जन्मिएका चिनियाँ बच्चाका कारण चिनियाँ भाषा पनि फैलँदो थियो। अष्ट्रेलिया तथ्यांक विभागको जनगणनाले चिनिया भाषा बोल्नेहरुलाई नेपालीले पछाडि पारेको उल्लेख छ।

अस्ट्रेलियमा अध्ययन, काम तथा विभिन्न उद्वेश्यले विश्वका करिब १८० मुलुकबाट मानिसहरू जाने गरेको केन्द्रिय तथ्यांक विभागको एक अध्ययनले बताएको छ।

पछिल्लो तथ्यांकले सन् २०११ यता अष्ट्रेलिया भित्रिने आप्रवासीहरुको संख्या १३ लाख पुगेको उल्लेख छ। यो अवधिमा १८० देशका नागरिकलाई अष्ट्रेलियाले आप्रवासीको रुपमा स्वागत गरेको छ।

नेपाली जनसंख्या कसरी बढ्यो?

करिब ४५ प्रतिशत भूभाग पार्क र संरक्षित क्षेत्र रहेको तासमनिया प्राकृतिक दृष्टिकोणले सुन्दर क्षेत्र मानिन्छ। तामा, फलाम र जिंकको परम्परागत उद्योगहरुका कारण यहाँको अर्थतन्त्रको आयाम अष्ट्रेलियाका अरु भागको हेरी फरक छ। पछिल्लो समय पर्यटन उद्योगलाई बढावा दिइरहेको तासमनियाको सन् २०१४ को प्रतिव्यक्ति आय ४४ हजार ११ अमेरिकी डलर थियो।

विगत केही वर्ष यता अष्ट्रेलिया जाने नेपाली विद्यार्थी एवं पिआर लिएर बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ। अष्ट्रेलिया पढ्नका लागि सिधै तासमनिया विश्वविद्यालय जाने, अष्ट्रेलिया पुगेरै सो ठाउँमा बसाइँ सर्ने प्रवृत्तिका कारण नेपाली जनसंख्या बढेको हो।

झापा र मोरङबाट तेस्रो मुलुकमा स्थानन्तरण गरिएका भुटानी शरणार्थीहरु पनि यहाँ आएका छन्। उनीहरुको पनि मातृभाषा नेपाली हुँदा नेपाली बोल्नेहरुको संख्या बढेको हो।

स्रोत: http://www.nagariknews.com/news/22676/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More