News

असोज २ गते तराईका आठ जिल्लालाई सार्वजनिक बिदा

September 16, 2017

कान्तिपुर दैनिक, ३० भाद्र २०७४ 

नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । 

तराईका आठ जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ । रासस 

स्रोत:http://bit.ly/2xDEDOo

फोटो स्रोत: https://www.humanitarianresponse.info/en/operations/nepal/nepal-data