News

आज बर्षकै लामो दिन

June 21, 2017

रेडियो कान्तिपुर, ७ असार २०७४ 

आज बर्षकै  लामो दिन अर्थात जुन २१ । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ ।

सामान्यत: आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलीदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईको आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया: २१ जुनमा दिन लामो हुन्छ । 

स्रोत: http://radiokantipur.ekantipur.com/news/2017-06-21/20170621104114.html