आठ करोडको सुन्तला उत्पादन

February 16, 2018

आर्थिक अभियान, फागुन ४, २०७४

वीरेन्द्रनगर (अस) । सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष रू. ८ करोड १६ लाखभन्दा बढीको सुन्तला फलेको छ । जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनअनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको हो । कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेका अनुसार गतवर्ष जाजरकोटमा १७ सय ६० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष मात्रा कम भए पनि मूल्य बढी भएको उनले बताए ।

सुन्तलाको बिरुवामा कीराको आक्रमणले सुक्ने रोग लाग्नु, स्वस्थ बिरुवाको अभाव र सुन्तला खेती अझै व्यवस्थित नहुनुले यस वर्ष भने जति सुन्तला उत्पादन हुन नसकेको किसानको भनाइ छ । सडक, सिँचाइ र ढुवानीका कारण सुन्तला व्यवसायबाट आफूहरूले भने जस्तो लाभ लिन नसकेको किसानको गुनासो छ ।

सुन्तला खेतीलाई व्यावसायिक बनाउन, सुन्तलाको बजार प्रवद्र्धन गर्न र सुन्तला उत्पादनलाई विकसित बनाउन विभिन्न गतिविधि गर्ने सुन्तला जोन परियोजना जाजरकोटका प्रमुख टङ्कप्रसाद रिजालले बताए । जिल्लामा सुन्तला खेतीलाई व्यवस्थित, आधुनिक र व्यावसायिक बनाउन सके वार्षिक रू. ५० करोडको सुन्तला उत्पादन गर्न सकिने डा. घिमिरले बताए ।

स्रोत: www.abhiyan.com.np/2018/02/16/180765 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More