इन्टरनेट सेवामा ११६ कम्पनी

January 10, 2020

अन्नपूर्ण पोष्ट, पुष २५, २०७६ 

नेपालमा ११६ वटा इन्टरनेट कम्पनी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत असोजसम्म अनुमति लिएका यी इन्टरनेट कम्पनीले प्राधिकरणबाट सञ्चालन अनुमति पाएका हुन् । यीबाहेक ग्रामीण क्षेत्रमा इमेलसहित इन्टरनेट सुविधा दिने गरी अरु तीन कम्पनीले पनि अनुमति लिएका छन् ।

प्राधिरकणको तथ्यांकअनुसार मासिक विवरण बुझाउने र सक्रिय रूपमा काम गर्ने यस्ता इन्टरनेट कम्पनीको संख्या भने ३९ मात्रै छ । प्राधिरकणमा मासिक विवरण बुझाएका आधारमा तय भएको यस्तो तथ्यांकअनुसार नियमित विवरण बुझाएको यी कम्पनीको कुल ग्राहक संख्या ९ लाख ४७ हजार ८६५ छ ।

प्राधिकरणले धेरैवटा इमेलसहित इन्टरनेट कम्पनीलाई अनुमति दिएको भए पनि सेवासुविधाका हिसाबले प्रतिस्पर्धामा भने सीमित कम्पनी मात्रै छन् । प्राधिकरणको तथ्यांकअनुसार बढी ग्राहक भएका र सक्रियतामा अग्रणी स्थान बनाएका कम्पनीमा वल्र्ड लिंकको ३ लाख ३४ हजार, नेपाल टेलिकमको २ लाख ३५ हजार, सुबिसुको ९१ हजार, भायनेटका ७७ हजार ग्राहक संख्या छन् । यी कम्पनी प्रतिस्र्पात्मक बजारमा खरो रूपमा उभिएका छन् ।

सेवा र सुविधाका हिसाबले ग्राहकले कम्पनी छनोट गर्ने र प्रधिस्र्पात्मक बजारमा उपयुक्त कम्पनी छनोट गर्ने सुविधा ग्राहकले पाएका छन् । ग्राहकलाई जति प्रतिस्पर्धा भयो उति नै लाभ हुने भएकाले पनि प्राधिरकणले आवश्यक विवरण पुर्‍याएका र तोकिएको मापदण्ड पु¥याएका सबै कम्पनीलाई अनुमति दिने गरेको छ ।

स्रोत: http://annapurnapost.com/news/145168

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More