इन्धन खरिदमा सवा खर्ब बाहिरियो

May 10, 2018

लक्ष्मी सापकोटा, कारोबार,  बिहिवार, बैशाख २७, २०७५

मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । नेपाल आयल निगमका अनुसार पछिल्लो १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ बराबरको २१ लाख ३५ हजार ९ सय ८ किलोलिटर इन्धन भित्रिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले बढी मुल्यको इन्धन आयात भएको हो ।   निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले सवा खर्बभन्दा बढीकोे पेट्रोलियम पदार्थ आयात भएको बताए । बजारमा इन्धन खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि इन्धनको आयातदर बढ्दै गएको उनको भनाइ छ । १० महिनामा सबैभन्दा धेरै डिजेल ११ लाख ९२ हजार ४७ किलोलिटर आयात भएको छ । सो अवधिमा तिन लाख ७६ हजार ८ सय १७ किलोलिटर पेट्रोल आयात भएको निगमको तथ्यांक छ । १ लाख ५७ हजार ५ सय ८० किलोलिटर हवाई इन्धन र १६ हजार ८ सय ५६ किलोलिटर मटीतेल भित्रिएको छ । यस्तै, २ लाख ९१ हजार ७ सय ७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । छिमेकी मुलुक भारतबाट इन्धनको आयात हुने गर्छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा पनि बजारमा दिनप्रतिदिन इन्धनको खपत बढ्दै गएको छ । विकास निर्माणको काम तिव्रगतिमा अगाडि बढिरहेकाले पनि इन्धनको खपत बढ्दै गएको निगमको भनाइ छ । निगमका अनुसार जुलाई महिनामा १ लाख ९६ हजार  ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्त महिनमा १ लाख  ५९ हजार  ६ सय ७७ किलोलिटर, सेप्टेम्बर महिनामा १ लाख ६८ हजार, अक्टोबर महिनामा १ लाख ९३ हजार  सात सय ८९ किलोलिटर इन्धन आयात भएको छ ।  नोभेम्बरमा इन्धनको आयात बढेर २ लाख ३८ हजार ५ सय ६९,  डिसेम्बर महिनामा २ लाख २७ हजार ५ सय दुई किलोलिटर इन्धन आयात भएको छ ।  यस्तै, जनवरी महिनामा २ लाख ४२ हजार  २ सय ४, फेब्रुअरी महिनामा २ लाख २३ हजार ३ सय ३४  किलोलिटर इन्धन आयात भएको छ । यस्तै मार्च महिनामा  २ लाख ४३ हजार ८ सय ८१ र अप्रिल महिनामा २ लाख ४२ हजार ५ सय १७ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ ।लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयातदर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेल माग रहेको छ ।  यस्तै, पेट्रोल  मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार मेट्रिक टन माग रहेको छ । उपत्यकामा दैनिक पेट्रोल साढे ३ सय किलोलिटर र डिजेल साढे ४ लाख किलोलिटर खपत हुनेगर्छ । 
 

 महिना   इन्धन आयात(किलोलिटरमा) 
जुलाई        १९६३५४
अगस्त       १५९६७७
सेप्टेम्बर      १६८०७८
अक्टोबर     १९३७८९
नोभेम्बर     २३८५६९
डिसेम्बर     २२७५०२
जनवरी      २४२२०४
फेब्रुअरी     २२३३३४
मार्च         २४३८८१
अप्रिल       २४२५१७
स्रोत : नेपाल आयल निगम

 

स्रोत: https://karobardaily.com/news/country/5138

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More