अन्नपुर्ण पोस्ट, ०८ माघ २०७४
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल राजश्वको आधा बढि हिस्सा इन्धन र नयाँ सवारी साधनबाट संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि पुष सम्ममा विदेशबाट आयात भएको इन्धन र नयाँ सवारी साधनबाट २९ अर्ब ७४ करोड भन्दा बढि राजश्व संकलन गरेको हो ।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा भारत तथा तेश्रो मुलुकबाट आयात भएका मालसामानबाट कुल ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेकोमा इन्धन र सवारी साधनबाट मात्रै २९ अर्ब ७४ करोड ७४ करोड ३१ लाख ४० हजार रुपैयाँ उठेको हो ।
६ महिनाको अवधीमा नयाँ सवारी साधनबाट मात्रै २१ अर्ब ७९ करोड एक लाख ७० हजार र इन्धन (पेट्रोल , डिजेल , हवाइ इन्धन ,मट्टीतेल र ग्याँस) बाट सात अर्ब ९५ करोड १९ लाख ७० हजार रुपैया राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।