उद्दारमा नेवानिका ३२ उडान

July 02, 2020

अन्नपूर्ण पोष्ट, असार १८, २०७७ 

काठमाडौं : नेपाल एयरलाइन्सले हालम्म ३२ वटा उद्घार उडान गरेको छ। विभिन्न मुलुकमा रहेका नेपालीलाई उद्घार गर्न उक्त एयरलाइन्सले ३२ उडान गरेको हो।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार जुन ११ देखि जुलाइ १ सम्म ३२ वटा उडानमार्फत् करिब ६ हजार नेपाली कामदारलाई स्वदेश फिर्ता ल्याइएको छ। विभिन्न २५ वटा मुलुकबाट नेपाली कामदारलाई स्वदेश फर्काउन २४ वटा उडान भर्न नेपाल एयरलाइन्सलाई सरकारले निर्देशन दिएको थियो। तर, उक्त उडान संख्याबाट भनिएको नेपालीलाई ल्याउन नसकिए पनि उडान थप गरिएको प्रवक्ता खड्काले जानकारी दिइन्।

उद्घार उडान आगामी जुलाई १२ सम्म हुनेछ। कोरोनाका कारण चैत ११ गतेदेखि जारी लकडाउन र सबै व्यावसायिक उडान बन्दका कारण नेपाल एयरलाइन्सले २९ वटा चार्टर्ड कार्गो र यात्रु उडान गरेको छ। लकडाउनयता भएका चार्टर्ड उडानबाट नेपाल एयरलाइन्सले करिब ६५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत जेठको अन्तिम साताबाट सुरु भएको उद्घार उडानबाट हालसम्म करिब ४० करोड रुपैयाँ आम्दानी भएको अनुमान एयरलाइन्सको छ।

नेपाल एयरलाइन्सको प्रमुख आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डिलिङबाट चैत, वैशाख र जेठ महिनासम्म करिब ६ करोड रुपैयाँ उठेको छ। व्यावसायिक उडान हुन नसक्दा ग्राउन्ड ह्यान्डलिङ वापतको राजस्व असुल घटेको फाइनान्स निर्देशक उमेश पौडेलले जानकारी दिए। नियमित उडान हुँदा एयरलाइन्सले करिब ३५ करोड रुपैयाँ ग्राउन्ड ह्यान्डिलिङबाट उठाउथ्यो।

निगमको ६२ औं वार्षिकोत्सव
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६३ औं वर्षमा प्रवेश गरेको छ। २०१५ सालमा स्थापना भएको निगमले ६२ वर्षको यात्रामा आन्तरिक तथा बाह्य उडान गर्ने गरी १३ वटा विमान मार्फत् सेवा पुर्‍याउँदै आएको छ। कोरोनाका कारण कुनै पनि औपचारिक कार्यक्रम नगरेको निगमले आगामी दिनमा उच्च व्यवस्थापन र दक्ष जनशक्तिको सामूहिक प्रयासबाट मुलुकको उड्डयन क्षेत्रमा प्रभावकारी काम गर्ने निगम अध्यक्ष सुशील घिमिरेले बताए।

स्रोत: http://annapurnapost.com/news/160212

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More