रेडियो कान्तिपुर, ३ चैत्र २०७४
चैत कृष्ण औँसीका अवसरमा काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाईदैछ । परापुर्व कालदेखि उपत्यकाको बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुख यातना दिने गरको र सो राक्षसलाई घोडाको टापले कुल्चिएर मारेको किम्वदन्ती अनुसार यो जात्रा मनाउन थालिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम गरि उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरमा आज घोडे जात्रा मनाइन्छ । जात्राको अवसरमा नेपाली सेनाले काठमाण्डौको टुडिँखेलमा आज विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाउँदैछ । यस अवसरमा टँुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले अश्वकला, अश्व दौड लगायतका प्रदर्शनीको आयोजना गरेको छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको सुरुवात हुने विश्वासका अनुरुप चैत्र कृष्ण औँसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन छ ।
स्रोत: http://radiokantipur.ekantipur.com/news/2018-03-17/20180317102841.html