एकै दिन ८० हजार वटा चेक साटियो

September 26, 2017

काठमाडौं : सामान्य अवस्थामा भन्दा दसैंमा चेक क्लियरिङ दोब्बर भएको छ । अन्य समयमा औसतमा ३५ हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले दसैं बिदा हुन दुई दिन बाँकी छँदा सोमबार ८० हजारभन्दा बढी चेक क्लियरिङ गरेको हाउसका सञ्चालन निर्देशक मुन्नी राजभण्डारीले बताइन् ।

‘दसैंमा कारण चेक क्लियरिङ बढेको छ’, उनले भनिन् ‘जति धेरै चेक आए पनि चेक क्लियरिङ गर्न असर पर्दैन ।’आइतबार हाउसले करिब ६० हजारजति चेक क्लियरिङ गरेको थियो ।तर, बैंकका ग्राहकले भने दसैंको बेलामा चेक क्लियरिङ नहुँदा समस्या झेलिरहेका छन् । एक सातादेखि बैंकले चेक साट्न नसकेको गुनासो ग्राहकले गरेका छन् । दसैंको मुखमा चेक नसाटिँदा अप्ठ्यारो परेको कलंकीमा चेक जम्मा गरेकी प्रेक्षा खनालले बताइन् ।

उनले ग्लोबल आईएमई बैंकको चेक साट्न दिएको एक साता भयो । पैसा पाउन सकेकी छैनन् । उनी मात्र होइन, धेरै ग्राहकको गुनासो उस्तै छ । बैंकले चेक नसाटिदिँदा घर जानसमेत समस्या परेको गोरखाका राम दाहालले बताए ।

ग्लोबल बैंकले भने आफूहरूले चेक साटिरहेको र केही समस्या नभएको बताएको छ । बैंकले चेकको साट्ने भीडभाडका कारण अर्थात् केही चेकमा समस्या आएको कारणले यस्तो भएको हुन सक्ने ग्लोबल बैंकका डेपुटी सीईओ जनकराज शर्माले बताए ।

‘चेक नसाटिनु पछाडि विभिन्न कारण होलान् तर म एक सातादेखि चेक साट्न नसकेको र पाँच हजारभन्दा बढी चेक पेन्डिङमा रहेको भने पटक्कै होइन’, उनले भने ।ग्लोबल बैंकको मात्र उपत्यकामा ४० वटा शाखा छन् । अन्य बैंकको भन्दा चाप बढी भएकाले केही ढिला भएको हुन सक्ने उनले बताए । तैपनि, आमग्राहकको सुविधाका लागि राति १० बजेसम्म कर्मचारी बसेर चेक क्लियरिङ गरिरहेको उनले बताए ।

राष्ट्र बंैकले सोमबार ६ अर्ब हाराहारीमा चेक क्लियर गरेको जनाएको छ । बंैकका कार्यकारी निर्देशक जनक शर्माले आइतबार साढे ६ अर्बको चेक साटिएको बताए । उनले भने, ‘सोमबार पनि बेलुकासम्म चेक साट्ने काम भएको छ । हामीले पाएजति चेक समयमा साटेर बंैकलाई भुक्तानीका लागि पठाएका छौं ।’

स्रोत: 

http://annapurnapost.com/news-details/81044

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More