एक दिनमै बिक्यो ७ करोडको दही

July 01, 2019

अन्नपूर्ण पोष्ट, असार १६, २०७६ 

काठमाडौं : उपत्यकामा एक दिनमै ७ करोडको दही बिक्री भएको छ। असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ। यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो।

सामान्य दिनभन्दा असार १५ मा उपत्यकामा दहीको माग १० गुणाभन्दा बढी हुन्छ। माग अत्यधिक भएकाले ठूलो उद्योगीलाई यो दिन भ्याइनभ्याइ हुन्छ। दूध अभाव र उत्पादन क्षमता कम भएका कारण मागअनुसार उत्पादन गर्न छैन।

असार १४ गतेदेखि नै आमउपभोत्ताmाले दहीको जोहो गरी घरमा राख्ने गर्छन्। माग बर्सेनि बढ्दै गए पनि यही समयमा हुने कच्चा दूधको अभावका कारण मागलाई सम्बोधन गर्न नसकिएको उद्योगीको भनाइ छ।

यो वर्षको असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ। यसलाई पैसामा परिणत गर्दा एक दिनमा ७ करोड मूल्यबराबरको कारोबार देखिन्छ। दहीको औसत मूल्य सय रुपैयाँ प्रतिलिटर छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिमाणमा दहीको कारोबार भएको हो।

नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीका अनुसार दूध अभाव नभएको भए औपचारिक र अनौपचारिक क्षेत्रबाट गरी अझै करिब १ लाख लिटर थप दहीको कारोबार हुन्थ्यो। उनले भने,‘जति उत्पादन गरे पनि यो दिन दहीको माग पूरा गर्न सकिन्न्। दिउँसोदेखि नै डेरी र बिक्री केन्द्रमा दही पाउन गाहे हुन्छ।’

दूधका कारण पर्याप्त परिमाणमा दही तयार पार्न नसक्दा दिउँसो १ देखि ४ बजेसम्म मोबाइल स्वीच अफ गरी उपभोत्ताmालाई फिर्ता पठाउनु परेको राजभण्डारीले दाबी गरे। सामान्य दिनमा एन्डिज नेपाल डेरीले ६ हजार लिटर दही बिक्री गर्दै आएको थियो। तर, असार १५ को दिन मात्रै ३६ लाख मूल्यको ३६ हजार लिटरको दही बिक्री गरेको एन्डिजका सञ्चालकसमेत रहेका राजभण्डारीले जानकारी दिए।

उपत्यकामा अत्यधिक दही डीडीसी, एन्डिज नेपाल डेरी, काठमाडौं डेरी, सीताराम डेरी, भत्ताmपुर क्षेत्रका डेरीले उत्पादन गरेको दहीले बजार लिएको छ। डीडीसीका बजार विभाग प्रमुख सञ्जीवकुमार झाका अनुसार डीडीसीले मात्रै असार १५ लाई लक्ष्य गरी ४८ लाख मूल्यको ४८ हजार लिटर दही बिक्री गरेको छ। सामान्य दिनमा डीडीसीले ७ हजार लिटर दही बिक्री गरेको थियो।

काठमाडौं डेरीका सञ्चालक प्रदिप महर्जनका अनुसार कच्चा दूधको अभावका कारण मागअनुसार दही उत्पादन गर्न नसकिएको जानकारी दिए। कच्चा दूधको अभाव र पाउडर दूध पनि उपलब्ध नहुँदा मागअनुसार दही उत्पादन गर्न नसकेको महर्जनले जानकारी दिए।

सरकारले गत असोजदेखि पाउडर दूधको आयातमा प्रतिबन्ध लगाएको छ। स्वदेशी पाउडर दूधको उद्योगलाई संरक्षण गर्न तथा कच्चा दूधको बजारीकरणका लागि सरकारले पाउडर दूधको आयातमा प्रतिबन्ध लगाएको थियो। दूध अभाव हुँदा यो वर्षको असार १५ मा महर्जनले कम परिमाणमा दही उत्पादन गरी बिक्री गरेको गुनासो पोखे। अघिल्लो वर्षको असार १५ मा झण्डै ३० हजार लिटर दही बिक्री गरेका उनले यो असार १५ मा ७ लाख मूल्यको ७ हजार लिटर मात्रै बिक्री गर्न पाए।

राजभण्डारीका अनुसार आइतबार भत्ताmपुरमा मात्रै ६० लाख मूल्यबराबरको ६० हजार लिटर दही बिक्री भएको छ। सामान्य दिनमा यहाँ ३० हजार लिटरको दही बिक्री हुन्छ।

स्रोत: http://annapurnapost.com/news/131021

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More