एक महिनामा २९ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

August 25, 2022

कान्तिपुर, भाद्र ८, २०७९

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन महिना सुरु भएयता २९ निर्माण कम्पनी र आपूर्तिकर्तालाई सार्वजनिक सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको छ ।

कार्यालयले ठेक्का लिएर अलपत्र पार्ने, काम नगर्ने ठेकेदार कम्पनीलाई प्राथमिकतामा राखेर कालोसूचीमा राख्ने गरेको जनाएको छ ।

उक्त कार्यालयका अनुसार साउन ९ मा ९, साउन १९ मा १० र बुधबार १० निर्माण कम्पनी र आपूर्तिकर्तासहित २९ वटालाई कालोसूचीमा राखेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा ८४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको थियो । अझै केही निर्माण कम्पनीलाई कालोसूचीमा राख्न भन्दै विभिन्न आयोजना कार्यालयहरूबाट सिफारिस भएर आएको र त्यो प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीका अनुसार सिफारिस भएर आएका कम्पनीलाई बढीमा ६ महिनाभित्र कालोसूचीमा राखिने छ ।

स्रोत: https://ekantipur.com/news/2022/08/24/166135139024293478.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter