एक वर्षमा दुई लाख ३६ हजार युनिट रगत संकलन

July 28, 2017

अन्नपुर्ण पोष्ट, १३ श्रावण २०७४ 

नेपाल रेडक्रसले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३/७४ मा देशभरबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रक्त सङ्कलन गरेको छ।

संकलित नगतले देशभरका तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत उपलब्ध गराइएको छ। नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित वार्षिकोत्सवमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो।

अहिले काठमाडौँमा केन्द्रीय स्तरको, विराटनगर, नेपालगञ्ज, पोखरा र चितवनमा गरी चार स्थानमा क्षेत्रीय स्तरको, २२ वटा जिल्ला स्तरको र ४२ वटा आकस्मिक र ३६ वटा अस्पताल रक्तसञ्चार इकाई सञ्चालनमा छन्।

काठमाडौँमा आयोजित कार्यक्रममा नेरेसोका अध्यक्ष सञ्जीव थापाले भने, ‘मानिसलाई रगतको औचत्य र महत्वलाई बुझाएर उनीहरुको चित्त बुझाई सेवा प्रदान गर्नु चुनौती पूर्ण कुरा हो। संवेदनशील सेवाको निरन्तरता र पूर्णताका लागि, आपूर्ति सहजताका लागि सबै रक्तदाता संघसंस्थासँग हातेमालो गर्दै नेपाल रेडक्रस संस्थागत प्रतिवद्धताका साथ लागि पर्नेछ।’

स्रोत : http://annapurnapost.com/news/76276

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More