एचआईभीले १ वर्षमा १६ को मृत्यु

September 11, 2018

भाद्र २६, २०७५, कान्तिपुर दैनिक 

कपिलवस्तु — जिल्लामा एड्स भएर एक वर्षमा १६ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा तिनीहरूको मृत्यु भएको हो । गत आव ०७४/७५ मा नौ पुरुष, चार महिला, दुई बालक र एक तेस्रो लिंगीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि सेवनका लागि एआरटी सेन्टरमा सम्पर्क नराख्नेले ज्यान गुमाएको जनस्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन मोहम्मद इरफान खाँले बताए । औषधि सेवनमा लापरबाही गर्नेको मृत्यु हुने गरेको उनले बताए ।

जिल्लामा ३ सय ७२ संक्रमित औषधि सेवन गरिरहेका छन् । ‘९० प्रतिशतभन्दा बढीमा असुरक्षित यौन सम्पर्कका कारण एचआईभी संक्रमण भएको पाइएको छ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन खाँले भने, ‘त्यसबारेमा मात्र सचेतना जगाउन सके जिल्लामा एचआईभी संक्रमणको जोखिम कम हुँदै जानेछ ।’ संक्रमितको स्वास्थ्य परीक्षणका लागि सहज सुविधा दिए पनि एआरटी सेन्टरसम्म नआउने जनस्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए ।

स्रोत: https://www.kantipurdaily.com/pradesh-5/2018/09/11/153663887589087140.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More