औद्योगिक लगानी २ खर्ब २८ अर्बले बढ्यो, थप २० हजारलाई रोजगारी सिर्जना

May 29, 2022

अनलाइनखबर, जेठ १५, २०७९

काठमाडौं । कोभिड महामारीका बाबजुद मुलुकमा चालु उद्योगमा गरिने लगानी र रोजगारी सिर्जना बढेको छ ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सबै प्रकारका उद्योगमा हुने लगानी २ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ । जसका कारण मुलुकमा २० हजार व्यक्तिलाई थप रोजगारी सिर्जना भएको सर्वेक्षणले जनाएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म सबैखाले उद्योगमा भएको कुल लगानी २५ खर्ब १२ अर्ब पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस क्षेत्रमा २२ खर्ब ८४ अर्ब लगानी भएको थियो ।

गत वर्षको कुल लगानीमा ६ लाख २८ हजारलाई रोजगारी सिर्जना भएकोमा चालु आवको फागुनसम्म यस्तो रोजगारी सिर्जना हुने संख्या ६ लाख ४८ हजार ३५ रहेको छ । नयाँ तथ्याङ्कअनुसार प्रतिउद्योग रोजगारी सिर्जना ७५ पुगेको छ ।

यस्तै यस अवधिमा कुल वैदेशिक लगानी प्रतिबद्धतामा पनि केही सुधार देखिएको छ । चालु आवको फागुनसम्म यस्तो लगानी २४.८ प्रतिशतले बढेर ३१ अर्ब ८३ करोड पुगेको छ । समीक्षा अवधिमा यस्तो प्रतिबद्धता ३ खर्ब २० अर्बले बढेको हो ।

स्रोत: https://www.onlinekhabar.com/2022/05/1134441

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More