कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

June 09, 2022

अनलाइनखबर, जेठ २६, २०७९

फोहोर संकलन गर्न नेपाली सेनासँग युनिलिभरको सहकार्य

काठमाडौं । कञ्चनजंघा हिमालबाट नेपाली सेनाले १५.३७ टन फोहोर संकलन गरेको छ । हिमालको फोहोर संकलनका लागि युनिलिभरले ‘सफा हिमाल अभियान-२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको थियो ।

नेपाली सेनाले गत २ वैशाखदेखि १६ जेठसम्म  १६ गतेसम्म हिमाल सफाइ अभियान सञ्चालन गरेको थियो । युनिलिभरका अनुसार सो अभियानमा ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन भएको छ ।

अभियानको क्रममा संकलित प्लास्टिक पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूको रूपमा अभ्नी भेन्चर प्रालिसँग समन्वय गरेको छ ।

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै अभियानमा सहभागी टिमले ४५ दिनको अवधिमा कञ्चनजंघाको फोहोर संकलन गरेको थियो ।

स्रोत: https://www.onlinekhabar.com/2022/06/1139909

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More