News

कफी आयात आठ गुणाले बढ्यो

November 18, 2019

प्रेम पुन्थोकी, नागरिक, मङ्सिर ०२, २०७६

काठमाडौं – स्वदेशीबजारको मागअनुसार उत्पादन नबढेपछि कफी आयात करिब आठ गुणाले बढेको छ। सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाउन बताइरहँदा हरेक वर्ष कफी आयात बढिरहेको छ। निर्यातको अवस्थानिराशाजनक छ।

अघिल्लो वर्षभन्दा गतवर्ष कफी आयात ७.७४ गुणाले बढेको चिया तथा कफी विकास बोर्डले जनाएको छ। अघिल्लो वर्ष एक सय ६३ मेट्रिक टन आयात भएकोमा गतआव ०७५/७६मा एक हजार दुई सय ६२ टन पुगेको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा एक हजार ९९टन बढी हो। गतवर्ष नौ करोड ८० लाख रुपैयाँको कफी आयात भएको छ।

आयात बढेकाले कफी प्रयोग कर्ता बढ्दै गएको अनुमान गर्न सकिने बोर्डका निमित्तकार्य कारी निर्देशक दिपक खनाल बताउँछन्। उनी भन्छन्, ‘आन्तरिक मागधान्नकफीको उत्पादन बढाउनु अनिवार्य भएको छ।’ खनालले सरकार मुलुकभरको सम्भाव्यताअध्ययन गरेरै उत्पादन बढाउन लागिपरेको बताए।

उनले प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जाजिल्लालाई कफी सुपरजोनको रुपमाविकास गरीकफीमाव्यावसायिकता बढाउन प्रयास गरिरहेको बताए।

खनालले यसअघि बोर्डले कफीउत्पादनमानीतिगत सुधार तथाउत्पादनको लागिअपिलमात्रगरेपनिअहिले स्थानीय तथा प्रदेश सरकारको समेत प्रतिबद्धता आएकोले उत्पादन बढ्ने बताए। ‘अहिले हाम्रो प्रयास ६२ हजार राम्रो सम्भावना भएको क्षेत्रका कफी उत्पादन बढाउने गरी काम गर्नुपर्छ भन्ने हो, यसको लागि बोर्डले प्राविधिक र नीतिगत रुपमा सहयोग गर्छ,’ उनले भने, ‘अब स्थानीय र प्रदेश सरकारले कार्यक्रम र बजेटको व्यवस्थापनमा पहल गर्नुपर्छ।’

निर्यातजन्य सूचीमा रहेको कफी निर्यात पनिनिराशाजनक छ। अघिल्लो वर्ष ८४.२२ टन निर्यात भएकोमागतवर्ष घटेर ८४.१३ मेट्रिक टनमा सीमित छ।निर्यात बर्सेनि घट्दै आएको छ। आव ०७३/७४मा ९४.६०टन निर्यात भएको थियो। सामान्य रुपमा उत्पादन बढे पनि उत्साहजनक छैन। आर्थिक वर्ष ०७५/७६ मापाँच सय ३० मेट्रिक टन चिया उत्पादन भएको बोर्डले जनाएको छ। बोर्डको तथ्यांकले बर्सेनि कफी उत्पादन बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७४/७५मा पाँच सय १३ र आर्थिक वर्ष ०७३/७४ माचार सय ६६ मेट्रिक टन कफीउत्पादनभएको देखिन्छ।

बोर्डकाअनुसार मुलुकभर करिब ११ लाख ९८ हजार पाँच सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेतीगर्न सकिने र त्यसमापनि ६१ हजार दुई सय २८ हेक्टर अति उत्तम जमिनको रुपमा छ। तर अहिले जम्मा तीन हजार हेक्टर हाराहारीमा कफी उत्पादन छ।

कार्यकारी निर्देशकखनालले विश्वबजारमा नेपालीकफीको मागउच्च रहेकोले त्यसको लागि आवश्यक प्रमाणीकरण र गुणस्तरमा ध्यानदिन सके निर्यातको अवस्था सुध्रने बताए। ‘अन्य देशको कफीको मूल्य केजीको पाँच डलर रहँदा नेपालीलाई १० डलर तिर्न तयार छन्,’ उनले भने, ‘विश्व कफीफोरममा नेपाली कफीले ९० प्रतिशत स्कोर पाएको छ, यसले कफीको व्यावसायिक सम्भावनालाई थप पुष्टि गर्छ।’

उनले सरकारले रोजगारी सिर्जनाको योजनाबनाउँदै गर्दा व्यावसायिक कफी खेतीमा पनि ध्यान दिन सके थप प्रभावकारी हुने बताए।

नेपाल कफी व्यवसायी महासंघका पूर्वअध्यक्षश्याम भण्डारी कफी उत्पादनको अवस्था स्थिर रहनुले विश्व बजारमा चर्चा कमाएको विदेशी कफीका कारण नेपाली उपभोक्ताको नेपाली उत्पादनप्रतिको मोह भंगहुने हो किभन्ने त्रास रहेको ठान्छन्।

उनीचियातथाकफीविकासबोर्डले व्यवसायीको आवश्यकता र समस्यानबुझेको गुनासो गर्छन्। ‘बोर्डको कामउत्पादक र सरकारबीच समन्वयगर्नु हो। तर सरकारको बजेट सकाउनेबाहेक अरु उपलब्धि छैन,’उनले भने, ‘बोर्डले वार्षिक बजेट तथा योजनाबनाउँदानिजीक्षेत्रसँग समन्वयगर्ने कुरामाकहिल्यै प्रयास गरेको पाइँदैन।’

बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी यस वर्षको कच्चाकफीको मूल्यसमेत तोकेको छ। कफीलाई फ्रेस, पार्चमेन्ट र ड्राइचेरीलाई ए र बी ग्रेडमा विभाजन गरी सहमतिमूल्यनिर्धारण गरिएको बोर्डले जनाएको छ। जसमाफ्रेस चेरी कफी ग्रेड एकोे ८५ रुपैयाँप्रतिकिलो मूल्यनिर्धारण गरेको छ, जुनआठ सय मिटरभन्दामाथिको भू–भागमाप्रांगारिक विधिअपनाएर उत्पादनगरिएको हो। उक्तकफी ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको हुन्छ।

यो मापदण्डमा नपरेको कफीबी ग्रेडमा पर्छ, यसको मूल्यप्रतिकिलो ७५ रुपैयाँकायमगरिएको छ।बोर्डले पार्चमेन्ट कफीको ए ग्रेडको मूल्यचार सय २५ तोकेको छ। फ्रेस चेरीबाट उत्पादनभएको, पानीमा राख्दा डुब्ने, ११प्रतिशतचिस्यानभएको कफीलाई ए ग्रेडमा राखिएको छ।

यो मापदण्डमा नपरेको कफीलाई बी ग्रेडमा छुट्ट्याइएको र त्यसको मूल्यतीन सय ७५ कायमगरिएको छ। ए ग्रेडको फ्रेस चेरीबाट उत्पादनभएको ड्राइ चेरीलाई प्रतिकिलो एक सय ४० र बी ग्रेडको फ्रेस चेरीबाट उत्पादित ड्राई चेरीको मूल्यप्रतिकिलो ९० रुपैयाँतोकिएको बोर्डले जनाएको छ।

तथ्यांकमाकफी
आर्थिक वर्ष     निर्यात परिमाण (मेट्रिक टन)    आयात परिमाण (मेट्रिक टन)
२०७१/७२    ९९.५९    ६३.८
२०७२/७३    १११.१७    १०५.०३
२०७३/७४    ९४.६    ९९.३६
२०७४/७५    ८४.२२    १६३.३८
२०७५/७६    ८४.१३    १२६२.४१

स्रोत : राष्ट्रिय चियातथाकफीविकास बोर्ड

श्रोतःhttps://nagariknews.nagariknetwork.com/news/102973/