कर नबुझाउने करदाताको सूची तयार

May 08, 2019

नागरिक, बैशाख २४, २०७६ 

लहान– आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए। उनका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३ सय २६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४ सय २७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट रु दुई करोड ६७ लाख राजश्व उठन नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताए।

यसैगरी आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५/७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ। चालू आव २०७५/७६ को चैत मसान्तसम्ममा रु एक अर्ब ५४ करोड १७ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा रु एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेको छ। रासस

स्रोत: https://nagariknews.nagariknetwork.com/news/76177/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More