कार्यकारी अधिकृत पदपूर्ति

September 26, 2017

कारोबार आर्थिक दैनिक, १० असोज २०७४ 

काठमाडौंः स्थानीय तहको सम्पर्क मन्त्रालय संघीय विकास तथा स्थानीय विकासले गत साता  मातहतका ४३५ अधिकृतको एकैपटक सरुवा गरी स्थानीय तहमा कार्यकारी अधिकृतको पदपूर्ति गरेको जनाएको छ  । ७५३ स्थानीय तहमा कार्यकारी अधिकृत पदपूर्ति भएका हुन् ।  

स्थानीय विकासका एक अधिकारीले स्थानीय तहमा कार्यकारी अधिकृत करिबकरिब पदपूर्ति भएको बताए । उनीहरू कार्यक्षेत्रमा गए नगएको रुजु गरिने ती अधिकृतले बताए । “हरेक वडामा अलगअलग सुब्बा र खरिदार पठाउने तयारी थालिएको छ,” उनले भने, “यसका लागि सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको छ ।

नवगठित गाउँ र नगरपालिकामा प्राथमिकता दिइने छ ।” सामान्य प्रशासन महाशाखाको सहसचिवको नेतृत्वको एक समिति÷कार्यदल बनाएर  प्रत्येक गाउँ र नगरपालिकामा विभिन्न मन्त्रालयका कर्मचारी हस्तान्तरण  गर्ने प्रक्रिया पनि छिट्टै सुरु गरिने उनले जानकारी दिए । 

कतिपय स्थानीय तहमा कार्यकारी अधिकृत नहुँदा काम प्रभावित बनिरहेको र भएकोमा पनि स्थानीय सरकारका पदाधिकारीसँग मतभेद भएपछि स्थानीय विकास मन्त्रालयले सामान्य प्रशासनबाट स्थानीय विकासमा खटिएर आएकासहितलाई स्थानीय तहको कार्यकारी अधिकृतको जिम्मेवारी दिएर पठाएको हो । महानगरमा उपकार्यकारी अधिकृतसमेत खटाएको छ । यसअघि स्थानीय तह घोषणा हुनासाथ तालिमी अधिकृतलाई कार्यकारी अधिकृत बनाइएकोमा कतिपयको कार्यदक्षताको आधारमा पुन गाउँपालिकाको कार्यकारी अधिकृत बनाएर पठाइएको छ । कतिपयलाई चाहिँ नगरपालिकाबाट गाउँपालिकामा सरुवा गरिएको छ भने कतिपयलाई मन्त्रालय र जिल्ला समन्वय समितिमा समेत शाखा अधिकृतको जिम्मेवारी दिइएको छ । 
यसैगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्पर्क रहने केही संवैधानिक आयोगका ऐन पारित भएकाले त्यहाँका लागि केही अधिकृतलाई पुलमा समेत राखिएको छ । 


स्रोत: 

https://www.karobardaily.com/news/82602

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More