कालीमाटी तरकारी बजारका ५१ वटा स्टलको सम्झौता खारेज

September 18, 2018

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थप ५१ वटा स्टलको सम्झौता खारेज गरेको छ । समितिको मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो ।

समितिले यसअघि ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो। यो सँगै समितिले रातो सूचीमा राखेका ९८ मध्ये ५७ वटा स्टलको सम्झौता खारेज गरेको छ। आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आउन थालेपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो।  पहिलो चरणमा स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि भदौ १९ गते समितिको बैठकले असोज १ गतदेखि लागू हुनेगरी ती स्टलको सम्झौता खारेज गरेको थियो।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार रातो सूचीमा परेका स्टलहरु मध्ये २५ वटालाई सफाई, १६ वटालाई सुधार गर्ने सर्त सहित सफाइ दिइएको जानकारी दिए। 

समितिले बुधबारबाट स्टलहरु हटाउने प्रक्रिया अगाडि बढाउने प्रवक्ता सुवेदीले बताए।

https://www.kantipurdaily.com/news/2018/09/18/153726510118592080.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More