कुपोषित बालबालिकाको संख्या बढ्दै

March 14, 2018

नगेन्द्र उपाध्याय, नागरिक दैनिक, फाल्गुन ३०, २०७४

सुर्खेत – सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लाभर चालू आर्थिक वर्षको ६ महिनामा ३ सय ३० जना बालबालिका कुपोषित फेला परेका हुन्।

कार्यालयका सुचना अधिकारी वसन्तमान श्रेष्ठका अनुसार तीमध्ये ३८ बालबालिका अतिकुपोषित छन्। श्रेष्ठले सबैभन्दा बढी दलित समुदायका बालबालिका कुपोषणमा रहेको जानकारी दिए।

‘३ सय ३० बालबालिकामध्ये करिव २ सय बालबालिका दलित समुदायका छन्’ उनले भने, ‘कुपोषित सबै बालबालिका २३ महिना भन्दामुनिका हुन्।’ श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा १ सय ७५ बालबालिका मात्रै कुपोषित फेला परेका थिए।

जिल्लामा बालबालिकाहरुलाई बचाउनका लागि बिभिन्न जनचेतना र सहयोगका कार्यक्रमहरु गरिएको पनि श्रेष्ठले जानकारी दिए। जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा, कृषि तथा खाद्य सुरक्षा कार्यक्रम संचालन भएको उनले जानकारी दिए। श्रेष्ठले पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या भने बढ्दै गएको छ। करिब ७० प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने गरेको उनले बताए।

जनस्वास्थ्य प्रमुख धीरजंग शाहले स्वास्थ्यको दृष्टीकोणले सुर्खेत सुधारोन्मुख स्थितिमा रहेको बताए। उनले नयाँ संरचनाका कारण काममा केही सुधार नदेखिएजस्तो भएपनि नयाँ व्यवस्थाले पनि सहज सेवा सुविधा प्रवाह गर्न मद्धत पु¥याउने बताए।

स्रोत: www.nagariknews.com/news/40625/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More