कृषिको ६० प्रतिशत बजेट फिर्ता

June 25, 2019

नागरिक, असार १०, २०७६ 

रसुवा –  कृषि ज्ञान केन्द्र नुवाकोटमा आएको अधिंकाश कार्यक्रम सञ्चालन हुन नसक्दा ६० प्रतिशत बजेट फिर्ता भएको छ। कार्यालयमा आएको १० करोड बजेटमध्ये चार करोड मात्रै खर्च भएको छ। ६ करोड फिर्ता जाने अवस्थामा छ। कार्यक्रम ढिलो आएको, कार्यविधिमा अस्पष्टता र कार्यविधि अभावका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको हो।

चालु आव ०७५÷७६ मा आएको नौवटा कार्यक्रममध्ये भूमि व्यवस्था तथा सहकारी कार्यक्रम, वन तथा वातावरण संरक्षण, मेसिन तथा औजार वितरणलगायत कार्यक्रम सञ्चालन हुन नसकेको केन्द्रले जनाएको छ।

गत कात्तिक १४ गते कार्यालय स्थापना भएको थियो। एक वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रमको समय चार महिनामात्रै भएकाले काम गर्न नसकिएको केन्द्र प्रमुख केशव खनालले बताए।

कार्यालयले रसुवा र नुवाकोट दुई जिल्ला हेर्दै आएको छ। कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा १० जनाको मात्रै पदपूर्ति भएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/80751/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More