कृषिजन्य वस्तुमा कर लगाउने निर्णय

August 28, 2017

 माया अधिकारी, अन्नपुर्ण पोष्ट, १२ भाद्र २०७४ 

पर्वतको फलेवास नगरपालिकाले २३ प्रकारका कृषि जन्य वस्तुमा कर लगाउने भएको छ । नगरसभाले नगरपालिकाका ११ वटै वडामा उत्पादन हुने कृषि उत्पादन र सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादन जिल्ला बाहिर बिक्री गर्दा वा नगरपालिकाभित्र आयात गर्दा कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।


ग्रामीण क्षेत्रलाई समेटेर बनाइएका नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्दा, वस्तुभाउ जिल्ला बाहिर बिक्री गर्दा र ल्याउँदा कर उठाउने निर्णय गरिएको हो ।

नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य वस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्दा, वस्तुभाउ जिल्ला बाहिर बिक्री गर्दा र ल्याउँदा कर उठाउने निर्णय गरिएको हो ।

नगरपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरकफरक दररेट कायम गरिएको छ । न्यूनतम एक रुपैयाँदेखि एक सय रुपैयाँसम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेन्डर आह्वान गरिएको शर्माले जानकारी दिए । नगरपालिकाको कार्यालयको आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तबल भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक मितव्ययी रूपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाइ छ ।

सुन्तला तथा अमिलो जातका वस्तु, तरकारीको बिउ तथा ताजा तरकारी, कफी, लप्सी, आलु, अलैंची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासीकर लगाइने भएको हो । यसैगरी खसी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैंसी, राँगा, बंगुर, माको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीको तबल भत्ता तथा नगरभित्रकै वडामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रूपले सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताए ।

नगरभित्र उत्पादित वस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्न टेन्डर समेत आह्वान गरिएको छ । सदरमुकाम कुश्माबजारसँग जोडिने फलेवास नगरपालिकाको वडा नं. ४ मुडिकुवामा रहेको मुलुककै अग्लो झोलुङ पुल, दोविल्ला फलेवास सडकअन्तर्गत मल्याङदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाको भनाइ छ ।

नयाँ नगरपालिकाका रूपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमुनाका रूपमा कृषिजन्य वस्तुमा कर लगाएको हो । यस अघिनै रहेको कुश्मा नगरपालिकाले भने कृषिजन्य वस्तुमा कर लगाएको छैन । अन्य पाँचवटा गाउँपालिकाले कृषि जन्य वस्तुमा कर लगाउने कार्यविधि बनाए पनि कार्यान्वयन गर्न सकेका छैनन् ।

भर्खरै बनेको नगरपालिकामा कृषकलाई मार पर्ने गरी कर उठाउने निर्णय भएपछि कतिपय कृषक भने असन्तुष्ट बनेका छन् । निर्वाहमुखी खेतीमा पनि कर उठाउने कार्य जायज नहुने स्थानीय नारायण श्रेष्ठले बताए ।

स्रोत: 

http://annapurnapost.com/news/78749

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More