कोहलपुर बसपार्क ११ वर्षसम्म कालोपत्रे भएन

May 17, 2017

Karobar daily, 17th May 2017, Nepalgunj

 कोहलपुरस्थित बसपार्क सञ्चालनमा आएको ११ वर्ष बितेपनि अझै कालोपत्रे हुन सकेको छ । गत वर्ष उक्त बसपार्कलाई कालोपत्रे गर्ने भनेर पाँच करोड बजेट छुट्टयाईए पनि हालसम्म बसपार्क जस्ताको तस्तैे छ ।
 
मध्य र सुदुरपश्चिमको मुख्य केन्द्र विन्दु र प्रमुख नाकाको रूपमा रहेको कोहलपुर बसपार्कमा दैनिक सयौँको सङ्ख्यामा साना ठुला गाडीहरु आउनेका छन् । बसपार्क कालोपत्रे नहुँदा त्यहाँ आउने गाडी र यात्रु दुवैले सास्ती भोग्नु परेको छ । बसपार्क कालोपत्रे नहुँदा मुख्य सहरको बसपार्क गाउँको जस्तो ढुङ्गा र माटोको मात्रै देखिने गरेको छ । 

कोहलपुर नगरविकास समितिले गत आर्थिक वर्षमा नै कालोपत्रे गर्न पाँच करोड बजेट छुटाएपनि बसपार्क कालोपत्रे नगरिएकोमा समस्या भएको यातायात ब्यबसायीहरुको गुनासो छ ।  

वर्षौदेखि बसपार्कलाई व्यवस्थित गरेर कालोपत्रे गरिने योजना बन्दै आएपनि काम हुन नसकेकोमासो बसपार्क वरिपरिका होटेल ब्यबसायीहरु पनि असन्तुष्ट देखिएका छन् । 

कोहलपुर नगरविकास समितिले बसपार्क कालोपत्रे नभएका कारण निकै फोहोर मैला र अब्यस्थित देखिएकाले गत वर्ष नै बसपार्क कालोपत्रे नगरविकासले नै गर्ने निर्णय गरेर बजेट समेत छुट्याईएको थियो । तर हालसम्म पनि काम सुरु नहुनुले सबैलाई आश्चार्यमा पारेको छ । 

बसपार्क कालोपत्रेका लागि पाँच करोड बजेट नगरविकासले छुट्याएको तथा त्यसबाहेकका अन्य खर्चहरुका लागि विभिन्न संघसंस्थाको सहयोग लिएर काम पुरा गरिने योजना रहेको थियो । 

बसपार्क कालोपत्रे हुनेभएपछि यात्रु र सवारी साधनहरुलाई सहज हुने विश्वास लिइएको थियो । बसपार्क कालोपत्रे नहुँदा यात्रुले पानी परेका बेला हिलोमा हिँड्नुपर्ने र हावा चलेको बेला धुलैधुलो खानु पर्ने बाध्यता रहेको स्थानीय जीवन मल्लले बताए । 

गत वर्ष कोहलपुरमा सम्पन्न नगरका सरकारी निकाय, संघसस्था, राजनैतिक दल र व्यापारीको छलफलले सोही आर्थिक वर्षमै बसपार्क कालोपत्रे गर्ने निर्णय गरेको थियो । बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले कोहलपुर नगरविकासले ‘पब्लिक पार्टनरशिप’ का आधारमा कालोपत्रको कामलाई अगाडि बढाउनुपर्ने बताएका थिए 
। 

कोहलपुरे नगरपालिकाले बसपार्क कालोपत्रे गर्नका लागि सबै तयारी गरे पनि आवश्यक बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको जनाएको छ । नगर विकासले कालोपत्रे गर्ने निर्णय गरेर अनुमानित बजेट समेत तय गरे पनि सो रकम प्राप्त नहुँदा काम अगाडी बढ्न नसकेको हो ।  

कोहलपुर बसपार्क बजार सुधार समितिमा आबद्ध विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले बसपार्क कालोपत्रे गर्न अब छिटै पहल गरिने जनाएका छन् ।  

Source: http://www.karobardaily.com/news/78383

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More