क्यानडामाथि नेपालको रोमाञ्चक जित

February 15, 2018

नागरिक दैनिक, फागुन २, २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ। जितसँगै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ। 

विन्डोकस्थित एफिज पार्क मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

हारको अवस्थामा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाए। ३१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। करणलाई क्रिजमा सन्दिप लामिछानेले अन्तिमसम्म साथ दिए। यद्यपी सन्दिपले गतिलो व्याटिङ गर्न सकेनन्। १८ बल खेलेका उनले मात्र ५ रन बनाए। 

सुरुमै उपकप्तान ज्ञानेन्द्र मल्ल (९) र कप्तान पारस खड्कालाई (०) मा गुमाएर दबाबमा परेको नेपालको इनिङ ओपनर दिलीप नाथले उकासेका थिए। ६८ बल खेलका दिलीपले ५ चौकासहित ४१ रन बनाए। रोहित पौडेलले २७ र आरिफ शेखले २६ रन जोडे। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा नेपालले सोमपाल कामीले ७ र शरद भेष्वाकर १ रनमा गुमायो।

बलिङतर्फ सी पेरेभेजले ३, एन दत्त र साद विन जफरले समान २ तथा एसएस डिन्डसा र डी हेलिगरले १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङमा आएको क्यानडाका लागि एस विजेरत्ने सर्वाधिक १०३ रन बनाए। १५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। हम्जा तारिकले २४, एसएस डिन्दसाले नटआउट १८, साद विन जफर १०, आर गुनसेकेराले ९ रन जोडे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।

बलिङतर्फले नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र शरद भेष्वाकरले समान १ विकेट झारे। 

आजको खेलमा नेपाललाई हारबाट जोगाउने करण केसी म्यान अफ द म्याच घोषित भए। 

जितसँगै नेपालले २०१९ को विश्वकप छनोट खेल्न पाउने भएको छ।

स्रोत: http://www.nagariknews.com/news/37892/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More