News

क्यानडाले पुनर्निर्माण, खानेपानी र सरसफाइमा थप एक अर्ब ५० करोड सहयोग घोषणा

October 27, 2017

चन्द्रशेखर अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिक, १० कार्तिक २०७४ 

नेपालका लागि क्यानडाका गैरआवासिय राजदुत नादिर पटेलले भौतिक रुपमा उपस्थिती हुँदैमा सम्बन्ध सुमधुर हुन्छ भन्ने मान्यतामा क्यानडाको नभएको बताएका छन्।
'हाम्रो सम्वन्ध सुमधुर छ । दूतावास (भौतिक उपस्थिती) हुँदैमा सम्वन्ध राम्रो हुन्छ भन्ने पनि होइन । हामी दूतावास स्थापना गर्ने भन्दा पनि सम्वन्धलाई थप उचाईमा लैजान, समान धारणा ब्यक्त गर्दै सहकार्य बढाउन चाहन्छौ । विकासमा सहकार्य गरिरहेकाछौं,’ कान्तिपुरसितको कुराकानीमा उनले भने । सूचना र सञ्चारको युगमा भौतिक उपस्थिति भन्दा त्यसको उपयोग महत्वपूर्ण रहने राजदूत पटेलले दोहोर्‍याए । नेपाल जस्तो बैदेशिक सहायतामा चलेको मुलुकले आफ्नो दूतावास हरेक बर्ष जस्तो खासै आवश्यक नहुने स्थानमा समेत खोल्दै गएको छ । तर, क्यानडा जस्तो मुलुकले संचारको जमानमा भौतिक उपस्थिती आवश्यक नहुने बताएको छ ।  

नेपालले भागवण्डामा राजदुत बनाउनको लागि क्यानडामा दूतावास स्थापना गरेकै बर्ष क्यानडाले नेपालमा रहेको कन्सुलर सेक्सन समेत बन्द गर्ने घोषणा गरेको थियो । क्यानडियन सहयोगको सानो युनिटमात्र यतिबेला काठमाडौंमा छ । क्यानडाले दुईपक्षीय सहयोगभन्दा पनि विभिन्न निकाय मार्फत बहुपक्षीय सहयोग नेपाललाई गर्दै आएको छ । बहुपक्षीय सहयोगमा नै हाम्रो बढि विश्वास रहेको राजदूत पटेलले बताए । नेपालको आन्तरिक मामिलाबारे जानकार रहेका राजदूत पटेलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य राजनीतिक दलका नेताहरु भेटेपछि कान्तिपुरसँग संक्षिप्त कुराकानीमा भने, ‘नेपाल विकासको बाटोमा अघि बढेको छ । यसमा सहयोग गर्न क्यानडा तयार छ । हामीले आफ्नो तर्फबाट सहयोग गरिरहेका छौ । नेपाल र क्यानडा बीचको दौत्य सम्वन्धको पचासौ बर्षगाँठ मनाउने काम भइरहेको छ ।’

नेपाल क्यानडाको सहयोग गर्ने राष्ट्रको सूचिमा त छैन भन्ने जिज्ञासामा उनले भने, ‘नेपाललाई हामीले मानव अधिकार परिषदमा सघायौं । अन्य अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पक्षमा हामी अभिएका छौ । दिल्लीबाट नेपाल हरेपनि म बारम्बार काठमाडौं आइरहेको छु । अबैतानिक दूत तथा अन्य सहयोगी संस्थामार्फत नेपालको विकास प्रक्रियामा सहयोग भइरहेको छ । यसलाई कसरी लिने । हाम्रो सहयोग गर्ने प्राथमिकता सूचि कसेको पनि छैन । तर सम्वन्धको आधारमा हामी दुईपक्षीय तथा बहुपक्षीय सहयोग गरिरहेका हुन्छौ ।’ हामी नेपालको शुभचिन्तक मुलुक हौ, सहयोग जारी रहनेछ भन्दै उनले भने, ‘हाम्रो सहयोग बन्द भएको छैन । हामीले भुकम्प पुन: निर्माणमा नेपाललाई ५ अर्व २० करोड रुपैंया (५१.७ मिलियन डलर) सहयोग घोषणा गर्‍यौ । अहिले थप एक अर्व ५० करोड  रुपैयाँ (१४.७ मिलियन डलर) सहयोग गर्दैछौ ।’

क्यानडाले पुन: निर्माणमा मात्र नभएर आर्थिक वृद्धि र स्वच्छ खानेपानी तथा सरसफाइका लागि तत्काल उपलब्ध गराउने गरि १ अर्ब ५० करोड बराबरको सहयोग घोषणा बुधबार राजदूतले गरेका हुन । भूकम्पपछिको पुनर्निर्माणका लागि भएको दाता सम्मेलनमा  ५ अर्व २० करोड सहयोग घोषणा गर्दै सहयोग गरिसकेको क्यानडाले थप सहयोग उपलब्ध गराउन नेपाल आएको जानकारी राजदूतले दिंदै भने, ‘नेपाल अव राजनीतिक स्थिरता तर्फ गएको छ । सफल निर्वाचन र विकासको बाटोका लागि शुभकामना छ ।’ यसअघि प्रतिबद्धता जनाए अनुसारको सबै रकम उपलब्ध गराइसकेको जानकारी दिंदै राजदूतले भने, ‘अहिले उपलब्ध गराएको डेढ अर्बमध्ये एक अर्ब बराबर क्यानडाका पाँच पार्टनर मार्फत तीन लाख मानिस र बालबालिकाको स्वच्छ खानेपानी तथा सरसफाइका साथै यसका लागि १ सय २० समुदाय र सरकारी निकायमा खर्च गरिनेछ । त्यस्तै ब्यक्तिहरुलाई प्रशिक्षण र क्षमता अभिवृद्धिमा सहयोगमा पनि उक्त रकम खर्च हुनेछ । अन्य रकम भूकम्पबाट जोखिममा परेका २८ हजार महिला तथा विपन्न समुदायको जीविकोपार्जनमा खर्च हुनेछ ।’

क्यानडाले दाता सम्मेलनपछि विश्व बैकले निर्माढण गर्ने अवासको लागि सहयोग मात्र होइन केयर क्यानडा, अक्सफाम क्यानडा, वर्ल्ड भिजन क्यानडा, अन्य साना गैर सरकारी निकाय मार्फत सहयोग गर्दै आएको छ । गोर्खा सिन्धुपाल्चो र नुवाकोट भूकम्प पछिको पुन: निर्माणमा सहयोग गरेको उल्लेख गरे । भुकम्पको बेलामा समेत हजारौं क्यानेडियनले आकस्मिक खाद्यान्न उपलब्ध, कुपोषणमा परेका बालबालिकाको सहयोग, ७ लाख बढि सिल्पिङ ब्याग र ब्लयांकेट, न्यानो कपडा तत्कालीन राहत र उद्धारका लागि सहयोग गरेको दिल्ली स्थित हाई कमिसनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तो सहयोगले हाम्रो जनस्तरको सम्वन्ध विस्तार भएको समेत बताएका छन ।

नेपालका राम्रा पढेका स्किल र कुनै क्षेत्रको ज्ञान भएका सेमी स्किल ब्यक्तिहरुलाई क्यानडाले माइग्रेसन नै गर्दै लगिरेहेको छ अनि कसरी यहाँ विकास हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘हामीले सधैका लागि भन्दा पनि केही समय उच्च शिक्षा वा अनुभव बटुलेर फर्कन त्यसतो प्रोत्साहन गरेका हौं । यहाको स्किल र सेमी स्किल ब्यक्ति परिवार लैजाने हाम्रो चाहना होइन । यसलाई निरुत्साहित गर्ने नै हौ । तर विश्व नै संचारले साघुरिएको अवस्था छ । यो पाटोमा पनि हामी जानुपर्छ ।’ 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-10-27/20171027062940.html